सुदूरपश्चिममा पानीको बितण्डा, कहाँ कति क्षति ?

२ कात्तिक, सुदूरपश्चिम ।

आइतबार बेलुकादेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम अधिकांश जिल्ला वस्तीहरु पहिरो र डुबानको चपेटमा परेका छन् । अविरल वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका वस्ती डुबानमा परेका छन् ।

महाकाली नदीको बाढी गाउँ पस्दा भीमदत्त नगरपालिका र दोधारा चाँदनीमा गरि १ सय ५० भन्दा बढी घर डुबानमा परेको प्रहरी जनाएको छ । भीमदत्त नगरपालिका वडा नम्बर ९, ११, १२ र १३ का खल्ला भुजेला ऐरी, ओदाली, बडैपुर, पिपरैयाका करिब १ सय घर र दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगर र वडा नम्बर १० को कुतियाकबर, शान्ती टोल तथा निसानी टोलमा गरि ६० घर डुबानमा परेको छ । महाकाली नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सिद्धराज न्यौपानेले जानकारी दिए । ब्रह्मदेव बजारदेखि झोलुङ्गे पुलसम्म नदी किनारका बस्तीमा पानी पसेको र हालसम्म मानविय क्षति नभएको उनले बताए ।

यस्तै कर्णाली नदीमा आएको बाढीले खतराको सतह नाघेको छ । चिसापानी बाढी मापन केन्द्रमा मंगलबार गरिएको मापनअनुसार नदीको सतह ११.३ मिटर नाघेको इलाका प्रहरी कार्यालय चिसापानी कैलालीले बताएको छ । कर्णालीमा १० मिटर पानीको सतहलाई सतर्कता र १०.८० मिटरलाई खतराको तह मानिन्छ । लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेकोले खतरा अझै बढ्ने प्रहरीले बताएको छ ।

पानी अझै परिरहेकोले उद्धार र राहतमा कठिनाइ भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top