बिक्री नभएपछि गाउँ नै फर्किए दशैंका खसी

३ कात्तिक, काठमाडौँ ।
गत वर्षको तुलनामा यस वर्ष दशैँमा खसिबोका कम बिक्री भएसँगै व्यपारीहरु बाँकी रहेका खसिबोका गाउँ फर्काउन थालेका छन् । दशैँमा काठमाडौं उपत्यकाबाट सर्वसाधारणहरु गाउँ फर्किएपछि खसिबोका बजारमा गत वर्षको झैँ बिक्री वितरण नहुँदा बिक्री गर्न बाँकी रहेका खसिबोकाहरुलाई व्यापारीहरुले गाउँ फर्काउन थालेका हुन् ।

काठमाडौं उपत्यकामा यस वर्ष माग भन्दा धेरै खसीबोका भित्र्याएपछि बिक्री नभएको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका बजार व्यवस्थापक जीवनराज खतिवडाले बताए । उनले कोरोना महामारीको जोखिम कायमै भएकोले त्यसको असर पशुचौपाय व्यापारमा पनि परेको बताए । उनले गत वर्षको तुलनामा यस वर्ष विक्री वितरण कम भएको बताउँदै माग नहेरी अप्रत्यासीत रुपमा व्यापारीहरुले खसिबोका भित्र्याउँदा चाहेजस्तो बिक्री हुन नसकेको बताए । यस वर्ष काठमाडौं चौपाया खरिदबिक्री प्रालिमा ३५ हजारसम्म खसिबोका ल्याएको र २५ हजारसम्म बिक्री भएको बताए ।

बजार वयवस्थापक खतिवडाले भने, ‘कोरोना भाइरसको महामारी आएसँगै हरेक क्षेत्रमा यसको असर गरेको छ, पर्यटन क्षेत्र माथि उठ्न नसक्दा व्यापार भएको छैन, यसको प्रत्यक्ष असर खसीबोका व्यवसायमा पनि परेको छ, गत वर्ष भन्दा यस वर्ष आयात पनि धेरै भयो, पोहोरको अनुपातमा बिक्री वितरण कम भयो, २५ हजार विक्री भए, ३० हजारदेखि ३५ हजारसम्म खसिबोका आयात भएको थियो, बाँकी रहेका खसिबोका हामीले व्यापारीहरुलाई गाउँ नै फिर्ता गरिदिएका छौँ, अप्रत्यासीत रुपमा काठमाडौं उपत्यकामा खसीबोका भित्रिँदा बिक्री कम भएको हो ।’

बजार व्यवस्थापक खतिवडाले नेपाल सरकारले बजारको मागअनुसार काम नगरेको भन्दै सरकारपक्षबाट बजारीकरणको व्यवस्था मिलाइनु पर्ने बताए यस वर्ष काठमाडौं उपत्यकामा व्यपारीहरुले ६५ हजार खसीबोका भित्र्याएको बताइएको छ । बिक्री हुन नसकेका खसिबोका भने धमाधम गाउँ फर्काइएको व्यवसायीहरुले बताएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top