×

NEPAL TIMES UPDATES

Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026

बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई २ लाख राहत दिने सरकारको निर्णय

३ कार्तिक २०७८

३ कात्तिक, काठमाडौँ
सरकारले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । बुधवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले आईतवार रातिदेखि देशभर परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी निधन भएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको हो ।

सरकारले मृतक परिवारमा एक वा त्यो भन्दा बढी व्यक्तिको निधन भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । बैठकले प्रकृतिक विपद्का कारण निधन भएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गर्ने र मृतकका परिवारलाई समवेदना प्रकट गर्ने निर्णय गरेको छ । बैठकले विपद्बाट घर, बहाल नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमीन तथा व्यवसाय गुमाएका गुजारा चलाउन समस्यामा परेका ५ जना सम्मको परिवारलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ र ५ जना भन्दा माथि परिवार सदस्य भएको परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बाढी पहिरोमा परी घाईते हुनेहरुको उपचारको सबै व्यवस्था सरकारले गर्ने र उपचारमा कमी हुन नदिने निर्णय भएको पनि प्रवक्ता कार्कीले बताए । उनले सम्बन्धित मन्त्रालयले विपद्बाट भएको क्षतिको आँकलन गरी यथशीघ्र प्रतिवेदन पेस गर्न पनि निर्णय गरेको छ । त्यस्तै सडकसञ्जाल, पुल, विमानस्थलमा क्षति भएको भए तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउने व्यवस्था गर्ने, विपद् व्यवस्थापन कोषमा आवश्यक रकम उपलब्ध गराइ सञ्चालनमा ल्याउने प्रवन्ध मिलाउने, विपद् प्रभावित क्षेत्रमा रोग फैलिन नदिनरोकथामका आवश्यक उपायहरु अपनाउने, विपद् प्रभावितहरुको उद्धार तथा राहत कार्यमा सहयोग र समन्वय गर्न प्रदेश, स्थानीय तहलाई अनुरोध गर्ने पनि निर्णय भएको छ । त्यस्तै बैठकले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान सम्बन्धी सूचनालाई ध्यान दिइ सतर्कता अपनाउन अनुरोध गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए । त्यस्तै बैठकले विपद्को घटना लगत्तै उद्धार र हेरविचार गर्ने, राहत उपलब्ध गराउने, उपचार गर्ने, सुरक्षा दिने समाचार सम्प्रेषण गर्ने कार्यमा लाग्न सुरक्षा निकाय, तथा प्रशासनिक संयन्त्र र जनप्रतिनिधिहरुलाई अनुरोध गरेको छ ।

Advertisement
Advertisement

प्रवक्ता कार्कीले भने, ‘जलवायु परिवर्तको कारणले बेमौसमी वर्षात्को रुपमा गत आईतवारदेखि परेको अविरल वर्षाका कारण देशको विभिन्न भागमा बाढी, पहिरोबाट ठूलो जनधनको क्षति भएको छ, अहिलेसम्म यसबाट दर्जनौं मासिहरुले ज्यान गुमाएका छन्, कतिपय नागरिकहरु बेपत्ता भएका छन्, धानबाली लगायत बालीनालीमा ठूलो क्षति भएको छ, यस दुखद् घटनामा परी ज्यान गुमाउने मृतकहरुप्रति श्रद्धाञ्जली अर्पाण गर्दै, शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्ने तथा घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, विपद्को घटनामा परी कुनै परिवारको मृत्यु भएमा दुई लाख रुपैयाँको दरले र सोही परिवारमा अन्य व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाख रुपैयाँ उपलब्ध गराउने, विपद्बाट घर बहाल, आवास नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमीन तथा व्यवसया समेत नोक्शानी भइ तत्काल गुजाराका लागि खाद्यान्न समेत नभएका वा दुवै नभएका पीडित परिवारलाई प्रतिव्यक्ति ५ जना सम्म सदस्य भएका परिवारमा १५ हजार रुपैयाँ र ५ जना भन्दा बढी सदस्य भएको परिवारमा २० हजार रुपैयाँ तत्काल नगदसहायता उपलब्ध गराउने, बाढी पहिरोमा परी घाईते हुनेहरुको उपचारको सम्पूर्ण व्यवस्था नेपाल सरकारले मिलाउने, उपचारमा कुनै कमी हुन नदिने, सम्बन्धित मन्त्रालयहरुले विपद्बाट भएको क्षतिको आँकलन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्ने, महत्वपूर्ण संरचना जस्तै सडक, पुल, दूरसञ्चार, विमानस्थलको मर्मतसम्भार तत्काल गरी सञ्चालनमा ल्याउने व्यवस्था मिलाउने, विपद् व्यवस्थापनको कोषमा आवश्यक रकम उपलब्ध गराइ सञ्चालनमा ल्याउने प्रवन्ध गर्ने, विपद् प्रभावित क्षेत्रमा रोग फैलिन नदिनका लागि रोकथामका आवश्यक उपायहरुको अवलम्बन गर्ने, विपद्प्रभावितहरुको उद्धार तथा राहत कार्यमा सहयोग र समन्वय गर्न प्रदेश सरकार र स्थानीय तहलाई अनुरोध गर्ने, जल तथा मौसम विज्ञान विभागबाट समय समयमा जारी सूचनालाई ध्यान दिइ सोही बमोजिम सतर्कता अपनाउन अनुरोध गर्ने, विपद्को घटना लगत्तै उद्धार र हेरविचार गर्ने राहत उपलब्ध गराउने, उपचार गर्ने, सुरक्षा दिने, समाचार सम्प्रेषण गर्ने कार्यमा स्वःफूर्तःरुपमा तत्काल परिचालित भइ प्राकृतिक विपद्मा तदरुकताका साथ मानवीय ेवा उपलब्ध गराउन सहयोगका लागि प्रशासनिक संयन्त्र,कर्मचारीहरु, स्वास्थ्यकर्मी, संघ, प्रदेश, स्थानीय तहका जनप्रतिनिधि तथा कार्यकर्ताहरु, निजी क्षेत्रका संघसंस्था तथा प्रतिनिधिहरु, सञ्चारमाध्यम लगायत सम्पूर्ण निकाय, जनशक्ति तथा आम जनसमुदायबाट भएको योगदानको लागि नेपाल सरकारको तर्फाट हार्दिक धन्यवाद दिने निर्णय भएको छ ।’

प्रवक्ता कार्कीले बाढी पहिरोबाट भएको क्षतिको पूर्ण आँकलन गरेर पहिला उद्धार, राहत र पुनःस्थापनाको काममा लाग्ने बताए । उनले सरकारले गरेका निर्णयहरुलाई तत्काल कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाए । उनले सरकारले गरेको आफ्नो सय दिनको कामबाट जनताको आशा र विश्वास जागेको बताए । उनले मुलुकको समृद्धि र जनताको अभिलाषालाई पूरा गर्ने कुरामा सरकार दृढताका साथ अघि बढेको दाबी गरे ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top