बाढीपीडितका लागि इटहरीका मेयरले एक महिनाको तलब दिने

३ कात्तिक ७८, बिहीबार

३ कात्तिक, इटहरी ।

इटहरी उपमहानगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले वाढी पीडितको राहत र उद्धारमा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ । बैठकले उपमहानगरपालिकाका जनप्रतिनिधि,कर्मचारी र शिक्षकले सात दिनको पारिश्रमिक विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगरस्तरीय विपद ब्यवस्थापन समितिका सदस्य सचिव पुष्प चौधरीले जानकारी दिए ।

नगरप्रमुख द्वारिकलाल चौधरीले एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् । कार्यपालिकाको वैठकले वाढीका कारण इटहरीमा ज्यान गुमाउनेका परिवारलाई किरिया खर्च बापत २५ हजार उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी वडाहरुमा पीडितका लागि लत्ता कपडा र मेस सञ्चालन गर्न सवै वडालाई एकलाखका दरले पेश्की उपलब्ध गराइने भएको छ । वाढीले भत्काएका बाटो,कल्भर्ट तत्काल मर्मत गरिने भएको छ ।

वैठकद्वारा उद्धार तथा राहत कार्यमा जुटन सम्पूर्णमा आग्रह गरिएको छ । यसअघि दिउँसो वंैक तथा वित्तीय सस्थाहरुसँगको वैठकमा वैक तथा वित्तीय सस्थाहरुले राहतकोषमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । बैठकमा नगरप्रमुख द्धारिकलाल चौधरीले बाढीपीडितहरुका लागि सहयोगका लागि बैंक तथा वित्तीय सस्थाहरुका प्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top