दिल्ली सरकारले वर्षा पीडित किसानलाई प्रति हेक्टर ५० हजार क्षतिपूर्ति दिने

३ कात्तिक ७८, बिहीबार

३ कात्तिक, एजेन्सी ।

Advertisement

भारतको दिल्ली सरकारले बेमौसमी वर्षाका कारण बालीनाली नष्ट भएका किसानलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बालीनाली क्षति भएका किसानलाई प्रतिहेक्टर ५० हजार भारु (८० हजार रुपैयाँ) क्षतिपूर्ति दिन आदेश भइसकेको जानकारी दिएका हुन् ।

Advertisement

अहिले राजश्व अधिकारीहरूले क्षतिको विवरण संकलन गरिरहेको र दुई हप्तामा विवरण संकलनको काम सकिने केजरीवालले बताएकाे समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ। मुख्यमन्त्री केजरीवालका अनुसार किसानले दुई महिनाभित्र क्षतिपूर्तिको रकम पाउने छन्। दिल्ली सरकार किसानलाई क्षतिपूर्ति दिन प्रतिवद्ध रहेको र यो क्षतिपूर्ति भारतमै सबैभन्दा बढी रहेको उनको भनाइ छ।

केही दिनदेखि अस्वभाविक रूपमा पानी पर्दा नेपाल र भारतका धेरै ठाउँमा जनधनको क्षति भएको छ भने किसानहरूको धानबाली नष्ट भएको छ।

Advertisement

नेपालमा पनि केही दिनदेखिकाे वर्षाले ठूलो मात्रामा धानबाली नष्ट भएपनि किसानलाई क्षतिपूर्ति दिनेबारे कुनै निर्णय भएको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top