डुबानमा परेको दुहबी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा, विद्युत आपूर्ति सुचारु

३ कात्तिक ७८, बिहीबार

४ कात्तिक, विराटनगर ।
अत्याधिक वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण बन्द भएको दुहबी सबस्टेसन पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको छ ।

Advertisement

स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेसनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले भने,’अब दुहवी सबस्टेसनबाट निकालिएका लाइनको क्रमशः चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिरहेका छौं ।’

प्रदेश नं १का जिल्लाहरुमा विद्युत आपूर्ति गर्ने मुख्य दुहवी सबस्टेसन डुबानमा परेपछि मंगलबार राति साढे ८ बजेबाट बन्द गरिएको थियो । जसका कारण मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको थियो ।

Advertisement

सबस्टेसन सञ्चालनमा आएसँगै अहिले अधिकांश ठाउँको विद्युत आपूर्ति सुचारु भइसकेको प्राधिकरणले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top