बझाङको चैनपुर पुगे प्रधानमन्त्री

बझाङको चैनपुर पुगे प्रधानमन्त्री

४ कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित क्षेत्र बझाङको चैनपुर पुगेका छन् । उनले चैनपुरमा बाढी र पहिरोबाट भएको क्षतिको जानकारी लिएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवा बिहीबार बाढी पहिरो प्रभावित सुदूरपश्चिम क्षेत्रको भ्रमणमा छन् । प्रधानमन्त्रीसहितको टोली बिहीबार बिहान काठमाडौँबाट सुर्खेत हुँदै दिपायल आएको हो । टोलीले यहाँका बाढीले क्षति गरेका स्थानको हवाई निरीक्षण गरेको थियो । प्रधानमन्त्री देउवा बिहीबार बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाड जाने कार्यक्रम छ ।

ढुंगाडबाट डडेलधुराको सदरमुकाम खलंगा र जोगबुढा, कञ्चनपुरको महेन्द्रनगर, दोधारा, चाँदनी र कैलालीको धनगढी जानेछन् । धनगढीबाट उनी शुक्रबार काठमाडौं फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

सुदूरपश्चिममा बाढी र पहिरोले बझाङ र डोटी जिल्लामा बढी क्षति पुगेको छ । बाढीका कारण डोटीमा १४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । त्यस्तै बझाङमा २१ जना हराइरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.