स्कुलमा रमाए विद्यार्थी

४ कात्तिक ७८, शुक्रबार

काठमाडौं: कोभिड–१९ जोखिमका कारण बन्द रहेका विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् भने विद्यार्थी पनि लामो समयपछि विद्यालय आउन पाउँदा रमाएका छन् ।

बाफलस्थित ज्ञानोदय माविमा कक्षा ११ मा पढ्दै गरेका सिभिल इन्जिनियरिङतर्फका विद्यार्थीले विद्यालयमा ल्यापटपमै प्राक्टिकल गरी अध्ययन गर्न पाउँदा सिकेको विषय राम्ररी बुझेको अनुभव गरे ।

‘अनलाइनबाट गणित अध्ययन गर्दा मैले प्राक्टिकल गर्न पाएको थिइनँ । विषयवस्तु बुझ्नै समस्या थियो,’ कक्षा ११ की सुदीपा चौलागाईंले भनिन्, ‘आज विद्यालयमै आएर ल्याबमा बसेर साथीहरूसँग ल्यापटपमा एक्सेलमा प्राक्टिकल गरें। विषयवस्तु पनि राम्ररी बुझें ।’ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै विद्यालयमा उपस्थित भएर अध्ययन गर्न पाउँदा निकै रमाइलो भएको उनले बताइन् ।

यस स्कुलका शिक्षकले विद्यार्थीको सिकाइलाई थप उपलब्धिमूलक बनाउन गृहकार्य दिएका छन् । ‘अनलाइन कक्षामा बीचैमा छुटेका पाठ पनि सर मिसहरूले प्रत्यक्ष बुझाइ दिनुभयो,’ कक्षा ११ कै छात्रा सम्झना कँडेलले भनिन्, ‘सरले गुगलमा सर्च गरेर गृहकार्र्य गर्न दिनुभएको छ । यसले हाम्रो पढ्ने र अध्ययन गर्ने बानीलाई नियमित गर्छ ।’

ज्ञानोदयका प्रधानाध्यापक नातिकाजी महर्जनले विद्यालयमा साना नानीहरूलाई विशेष ख्याल गर्ने व्यवस्था गरेको बताए । ‘बालबालिका नै रोगको वाहक भएकाले सुरक्षित बन्न मैले विद्यालयमा विद्यार्थीलाई विशेष गरी मास्क नसाटुन् भन्ने रेखदेख गर्न कक्षा शिक्षकहरूलाई सचेत गराएको छु,’ प्रअ महर्जनले भने, ‘धेरै दिनपछि विद्यालय खोल्न पाउँदा विद्यार्थी र शिक्षक दुवै दंग परेका छन् ।’ उनले थपे, ‘हामीले विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरूपमा पालना गरेका छौं ।’

कालिमाटीमा रहेको जनप्रभात माविका प्रअ सतेन्द्र यादवका अनुसार स्कुलमा विद्यार्थीको सहभागिता उत्साहजनक छ । उनले स्कुलमा स्वास्थ्य सुरक्षाको ख्याल गर्न इन्चार्ज प्रणाली लागू गरेका छन् । ‘स्कुल नियमित चलाउन मैले तहगत रूपमै इन्चार्ज तोकिदिएको छु,’ प्रअ यादवले भने, ‘इन्चार्जले नै आआफ्नो तहका बालबालिकाको कक्षा, मास्क तथा सेनिटाइजर व्यवस्थापन गर्नुहुन्छ।’ उनले थपे, ‘साना केटाकेटीले मास्क नसाटून् भनेर विशेष ख्याल गरेका छौं ।’

भीमसेनस्थानमा रहेको परोपकार माविका सहप्रधानाध्यापक खिलकुमार प्रधानका अनुसार बालबालिकालाई सुरक्षित बनाउन स्कुलमै मास्कको व्यवस्था गरिएको छ । उनले क्यान्टिनमा समूहमा खाजा खाँदा रोग सर्ने डरले घरबाटै अनिवार्य खाजा ल्याउनुपर्ने व्यवस्था गरेको बताए ।

‘बालबालिका रमाएर स्कुल आएका छन् । आमाबुवा पनि नानी स्कुल पठाएर काममा फर्कन पाउँदा खुसी हुनुभएको छ,’ प्रधानले भने, ‘अब विद्यालय नियमित खुल्छ । विद्यालयमा हात धुन साबुनपानीको व्यवस्था छ । ज्वरो नाप्ने व्यवस्था पनि छ ।’ ,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top