टि२० विश्वकप: समूह विजेता बन्दै स्कटल्यान्ड सुपर १२ मा

५ कात्तिक, एजेन्सी ।

आइसिसी टि२० विश्वकप २०२१ मा स्कटल्यान्डले टेस्ट टोली बंगलादेशलाई पछि पार्दै  पहिलो चरणको समूह बी को विजेता रुपमा सुपर १२ मा पुगेको छ । बिहीबार अल अमरेत क्रिकेट मैदानमा भएकाे समूह बी को अन्तिम खेलमा स्कटल्यान्डले घरेलु टोली ओमानलाई ८ विकेटले पराजित गर्दै सुपर १२ मा स्थान पक्का गराएको हाे ।

पहिलो चरणको समूह बी बाट स्कटल्यान्ड विजेता र बंगलादेश उपविजेता रहँदै सुपर १२ मा स्थान बनाएका छन् । जितको लागि १ सय २३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।

स्कटल्यान्डको जितमा कप्तान काइल कोट्जर २८ बलमा २ चौका र ३ छक्का सहित ४१ रनकोे योगदान दिए । म्याथ्यु क्रस ३५ बलमा २६ रनमा अविजित रहे । रिची बेरिंगटन २१ बलमा १ चौका र ३ छक्का सहित ३१ रनमा अविजित रहे । ओपनर जर्ज मुन्शे १९ बलमा ४ चौका सहित २० रनमा क्याच आउट भए । ओमानका फैज बट र खवर अलीले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको ओमान २० ओभरमा १ सय २२ रनमा अल आउट भयो । ओमानका ओपनर अकिब इलायसले ३५ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ३७ रन बनाए । जिशान मकसुदले ३० बलमा ३ चौका र १ छक्का सहित ३४ रन जोडे । मोहम्मद नदीम २५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाली मुलका विकेटकिपर सुरज कुमार ४ रनमा आउट भए । स्कटल्यान्डका जोश डेभीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । सफ्यान शरिफ र माइकल लस्कीले २–२ विकेट लिए ।

पहिलो चरणको समूह बी बाट स्कटल्यान्ड ३ खेलमा ३ मानै जितका साथ अपराजित रहँदै शीर्षस्थानमा रहँदै सुपर १२ को समूह बीमा स्थान पक्का गराएको हो । बंगलादेश ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रहँदै सुपर १२ को समूह ए मा स्थान बनाएको छ । स्कटल्यान्डले सुपर १२ मा पहिलो खेल सोमबार अफगानिस्तानसँग खेल्नेछ । बंगलादेशले आइतबार समूह ए को विजेतासँग खेल्नेछ ।

सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता बंगलादेश रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता स्कटल्यान्ड र समूह ए को उपविजेता रहनेछन् ।

ओमान ३ खेलमा २ मा हार र १ मा जित सहित तेस्रो स्थानमा रहँदै बाहिरियो । पहिलो पटक टि२० विश्वकप खेलेको पपुवा न्युगिनी अंक बिहिन हुँदै पुछारमा रहेर बाहिरियो ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top