NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

सीके राउतका कार्यकर्ता अझै उच्छृंखल गतिविधिमा

शुक्रबार कार्तिक ५ , २०७८
Reading Time: 1 min read
A A
सीके राउतका कार्यकर्ताले  खानेपानीका हाकिमलाई हिलाे दलेर नगर घुमाए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

धनुषा: डेढ वर्षअघि ‘पृथकतावादी’ गतिविधि त्यागेर राजनीतिको मूल प्रवाहमा आएको घोषणा गरेका सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीबार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरेका छन् ।

जनकपुर–८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै उनीहरूले कुशवाहालाई दुर्व्यवहार गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार लाठी–भाटा बोकेका राउत समर्थक करिब २ सय कार्यकर्ताले कुशवाहालाई उनकै कार्यकक्षबाट लगेका थिए । कुशवाहालाई दुर्व्यवहार गर्दै उनीहरूले करिब १ घण्टा जनकपुर घुमाए । कुशवाहाले लगाएको टिसर्ट समेत च्यातेर उनीहरूले जीउभरि हिलो पोतिदिएका थिए ।

कुशवाहा बिहीबार समयमै कार्यालय पुगेका थिए । उनी सहकर्मीसित छलफल गरिरहेकै बेला चर्को नाराबाजी गर्दै राउत समर्थक पिराडी चोकस्थित खानेपानी कार्यालयमा पुगे । कार्यालय परिसरमा रहेका गाडीमा भाटा बजार्दै कार्यालय प्रवेश गरेका उनीहरूले कम्प्युटर, टेबल, फोटोकपी मेसिन, पंखालगायत समान तोडफोड गरे ।

Advertisement

‘अचानक ठूलो भीड आउँदा हामी आत्तियौं,’ कार्यालयमा एक कर्मचारीले भने, ‘कार्यालय प्रमुखज्यूले प्रहरीलाई फोन गर्न थाल्नुभयो । उनीहरू उहाँकै कार्यकक्षमा पुगेर लछारपछार गरे । पछि सँगै लिएर गए ।’

राउत समर्थकले कुशवाहालाई जनकपुर घुमाइरहँदा सुरुमा प्रहरी मूकदर्शक बनेको थियो । पछि ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि कुशवाहालाई उनीहरूको ‘कब्जा’ बाट छुटाउन सकेनन् । धनुषा प्रहरीका अनुसार कुशवाहालाई छुटाउने क्रममा राउत समर्थकले प्रहार गरेको भाटा लागेर प्रहरी निरीक्षक विजय यादव घाइते भएका छन् । सञ्चारकर्मी पुगेपछि केही नरम देखिएका राउत समर्थकले कुशवाहामाथि दुर्व्यवहार गर्न भने रोकेनन् ।

‘मलाई गोली ठोके पनि केही बोल्दिनँ,’ सञ्चारकर्मी माझ बोल्न राउत समर्थकले दबाब दिएपछि कुशवाहाले रुँदै यतिमात्रै बोले । झण्डै १ घण्टापछि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय नजिकबाट प्रहरीले कुशवाहालाई छुटाएर उपमहानगरको कार्यालयमा लगेका थिए । धनुषा प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले दुर्व्यवहार गर्ने १० जना राउत समर्थकलाई पक्राउ गरिएको जानकारी दिए ।

‘बलवा एरियामा खनिएको ढलको खाल्डो नपुरेपछि ढल व्यवस्थापन कार्यालयमा तोडफोड गरिएको हो,’ धनुषा प्रहरीको बुलेटिनमा भनिएको छ, ‘त्यो एरियामा राउतको पनि बसोबास छ ।’

प्रहरीका अनुसार राउत समर्थकले खानेपानी तथा ढल व्यवस्थापन कार्यालयको परिसरमा रहेका २ मोटरसाइकल, ३ कम्प्युटर, झ्यालका सिसा, फोटोकपी मेसिन, पंखा, वाटर फिल्टर र गमला तोडफोड गरेका छन् । जनमत पार्टीले जनकपुर सहरलाई व्यवस्थित, ढल निकासको उचित प्रबन्ध, फोहोर व्यवस्थापनलगायत माग गर्दै साताअघि खानेपानी तथा ढल निकास कार्यालय, जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयलगायत सरकारी निकायमा ज्ञापनपत्र बुझाएको थियो ।

यसैबीच, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले कुशवाहामाथि दुर्व्यवहार गर्नेविरुद्ध अनुसन्धानपछि मुद्दा चलाइने बताएका छन् । दोषीविरुद्ध अभद्र व्यवहार र सार्वजनिक शान्तिविरुद्धको कसुरमध्ये प्रमाणित हुने मुद्दा चलाइने उनको भनाइ छ ।

‘यो लेभलको अमानवीय व्यवहार गरेकालाई त्यत्तिकै छोड्न मिल्दैन । अभद्र व्यवहारमा १ वर्ष कैद वा १० हजारसम्म जरिवाना र शान्तिविरुद्धको कसुरमा १ वर्ष कैदसँगै क्षतिपूर्ति समेत भराउनुपर्ने हुन्छ,’ उनले भने । जनमत पार्टीका अध्यक्ष राउतले भने जनताले आजित भएर कारबाही गरेको जिकिर गरेका छन् ।

‘खाल्डो पुर्न बलवा टोलका ६४ परिवारले मिलेर पटक पटक ज्ञापनपत्र बुझाएका थिए । कार्यालय, ठेकेदार कसैले सुनेनन्,’ उनले भने, ‘एम्बुलेन्स पास हुने अवस्था पनि छैन । असार पहिलो सातामै खाल्डो खनेकाले बच्चाहरू स्कुल जाने अवस्था छैन ।’ ,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.