इटालीबाट आएका विकास मेराग्लियाले च्यासलबाट ए डिभिजन लिग खेल्ने

५ कात्तिक, काठमाडाैँ ।

इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मुलका युवा खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग फुटबल खेल्ने भएका छन् ।

आज (शुक्रबार)च्यासल युथ क्लबले पत्रकार सम्मेलन गरेर इटालीमा व्यवसायिक खेल खेल्दै आएका युवा खेलाडी विकासले क्लबमा अनुबन्ध गरेको जानकारी गराएको हो । सम्झौता भएसँगै युवा स्ट्राइकर विकासले च्यासल क्लबको जसीमा ए डिभिजन लिग खेल्ने भएका हुन । विकासले च्यासलसँग एक वर्षको लागि सम्झौता गरेका हुन ।

नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेबाट आयोजना हुँदै छ । च्यासलले विदेशी खेलाडीको रुपमा विकासलाई अनुबन्ध गरेको हो । विकासले च्यासलबाट खेल्दा १० नम्बरको जर्सी लगाउने छन् । च्यासलमा अनुबन्ध भएका विकासले क्लबसँगको वातावरणले फुटबल खेल्न प्रेरित भएको बताए ।

१८ वर्षिय विकासले इटालीको यू–१६ राष्ट्रिय टिमबाट खेलिसकेका छन् । विकास इटालीको चर्चित क्लब एट्लान्टाको युथ टिमबाट खेल्दै आएका छन् । यस्तै विकासले भेनेजियाको युवा टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट पनि खेलिसकेका छन । सन २००८ मा ६ वर्षको उमेरमा इटाली पुगेका विकास १३ वर्षपछि नेपाल लिग खेल्न नेपाल आएका हुन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top