एमालेमा १० बुँदेले बल्झियो विवाद

५ कात्तिक ७८, शनिबार

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष एवं १० बुँदे कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले स्थायी कमिटी बैठकमा फरक मत दर्ज गरेका छन् । च्यासलमा जारी स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कार्यदलबाट आएका सुझावलाई लत्याएपछि रावलले पाँच पृष्ठ लामो फरक मत दर्ज गरेका हुन् ।

‘१० बुँदे सहमति कार्यान्वयनका लागि हिजो कार्यदलको बैठक बसेर सुझावहरू तयार पारेको थियो । स्थायी कमिटीमा धेरै सदस्यले कार्यान्वयन गर्दै जाने भनेको तथा सौहार्दपूर्ण छलफल भए पनि अन्तिममा पार्टी अध्यक्षले निष्कर्ष सुनाउँदा भएका सबै छलफलहरू, १० बुँदे सहमति, अपानिभन्दा भिन्न र अमिल्दो किसिमले उहाँले त्यसको कार्यान्वयन नगर्ने किसिमले कुरा राख्नुभएकाले मेरो त्यसप्रति सहमति हुन सकेन । पाँच पृष्ठ लामो फरक मत दर्ज गरेको छु’, उनले भने ।

रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कार्यदलको संयोजकबाट राजीनामाको घोषणासमेत गरेका छन् । केन्द्रीय कमिटीले निर्णय गरेर अन्तरपार्टी निर्देशनबाटै जारी भएको १० बुँदे सहमति कार्यान्वयन नभएकामा असन्तुष्टि जनाउँदै रावलले राजीनामा दिएका हुन् ।, याे समाचार आजको राजधानी दैनिकमा  छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top