बङ्गलादेशको रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीको आक्रमण, ७ जनाको मृत्यु

५ कात्तिक ७८, शनिबार

६ कात्तिक, ढाका ।

Advertisement

बङ्गलादेशको रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले आक्रमण गर्दा सात जनाको मृत्यु भएको छ । घटनामा अन्य २० जना घाइते भएका छन् ।

प्रहरी र चिकित्सकले दिएको जानकारी अनुसार आक्रमणले त्यस क्षेत्रमा तनाव बढाएको छ । घटनामा सोही समुदायका एक प्रमुख नेताको गोली हानी हत्या गरिएको छ । जसबाट थप तनाव सृजना भएको बताइएको छ ।

Advertisement

आक्रमणकारीहरूले शिविरमा रहेको इस्लामिक विद्यालयमा पढ्ने मानिसलाई गोली र छुरा प्रहार गरेको समाचार छ । घटनामा सो शिविरमा रहेका चार जनाको तत्काल मृत्यु भएको छ भने अर्को शिविरमा रहेको अस्पतालमा अन्य तीन जनाको मृत्यु भएको हो ।

सो क्षेत्रमा ९० हजार मानिसको बसोबास रहेको छ । अस्पतालमा उपचाररत अधिकांश घाइतेहरू अङ्गभङ्ग भएको चिकित्सकले जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top