१० बुँदे भन्ने साथीहरुको एमालेमा हरिबिजोग छ : माधव नेपाल

१० बुँदे भन्ने साथीहरुको एमालेमा हरिबिजोग छ : माधव नेपाल

६ कात्तिक, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमाले एकता गर्न बनाइएको १० बुँदे कार्यान्वयन कार्यदलको बिजोग देखिएको बताएका छन् ।

सिन्धुपाल्चोकमा शनिबार पार्टीद्वारा आयोजित कार्यक्रममा अध्यक्ष शुक्रबार कार्यदलका संयोजक भीम रावलले दिएको राजीनामाप्रति संकेत गर्दै १० बुँदेको बिजोग देखिएको बताए ।

उनले भने, ‘आदेशको पालना गर्‍यो भने स्यावास, उ बस्न पाउँछ । आदेको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ । सुन्नु भएको छैन, १० बुँदेको ट्याउँ-ट्याउँ । अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग।’

उनले एमालेमा अध्यक्ष केपी शर्मा ओलीको आदेश पालना गरे स्याबास भन्दै बस्न पाइने यदि आदेश पालना नगरे बस्न नपाइने पनि बताए ।उनले एमालेमा कुनै सम्मान र छलपल नगर्ने शैलीको निर्माण भए पछि आफूहरुले एमालेबाट विद्रोह गरेर बाहिरिएको पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.