×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026
Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026

बाढीपहिरो कहर- जनप्रतिनिधि सहानुभूति राख्न तलब दिन्छन्, दीर्घकालीन योजना छैन

७ कार्तिक २०७८

७ कार्तिक, सुनसरी ।

चार वर्षअघि स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको महिना दिनमा नै इटहरीले विपत्तिको सामना गर्नुप¥यो । सुनसरी र मोरङको सीमा छुट्टाउने बुढी खोलामा आएको बाढीले इटहरीका ६ जनाले ज्यान गुमाउनु परेको थियो ।

Advertisement
Advertisement

ठूलो धनमालको क्षति गरेको उक्त बाढीले इटहरीवासीलाई खतराको संकेत गरेको थियो । त्यसको चार वर्षपछि फेरि बेमौसमी वर्षातका कारण ठूलो धनजनको क्षति ग¥यो ।

चार जनाको ज्यान गयो, एक जना बेपत्ता छन् । सयौँ घरमा बाढी पस्यो । करोडौँको धनमाल बालुवामा परिणत गरिदियो । निर्वाचित भएको पहिलो महिनामा नै विपत्तिको पीडा देखेका, भोगेका जनप्रतिनिधिले इटहरीलाई बाढीबाट मुक्त गर्लान् भन्ने आशसमेत गरेका थिए ।

आफूले रोजेको जनप्रतिनिधिलाई धेरै स्थानीयले समेत पटक पटक घच्घच्याउँछन् । तर, आजपर्यन्त कुनै दीर्घकालीन योजनासमेत बनाउन सकेनन् ।

आफ्नो तलब काटेर विपतको समयमा सहानुभूति राख्न सक्ने जनप्रतिनिधिले किन राज्यबाट रकम मागेर खर्च गर्न सक्दैनन् ? इटहरीलाई सेरा खोला, खेती खोला, टेङ्ग्रा खोला र बुढी खोलाले बाढीकै कारण तहसनहस पार्ने गरेको छ ।

स्थानीय सरकारले हरेक वर्ष बाढी रोकथाम तथा खोला सरसफाइ भन्दै लाखौँ रकम खर्च गरेको छ । छोटो समयमा तीव्र बजारीकरणको रूपमा फेरिएको इटहरीमा स्थानीयले खोला पैनी मिचेर भौतिक संरचना बनाएका छन्, हडपेर बनाएका संरचना हटाउने तथा भत्काउने पूर्ण अधिकार स्थानीय सरकारलाई छ । तर, आजसम्म इटहरीका खोला पैनी मिचेर बनाएका संरचना हटाउन कुनै निकायले पनि आँट गरेका छैनन् ।

मेयर चौधरीको बोली एउटा व्यवहार अर्कै

इटहरीका मेयर द्वारिकलाल चौधरी स्थानीय सरकारको प्रमुखमा निर्वाचित भएको समय निकै चर्चामा आए । खोला पैनी मिचेर बनाएका संरचना हटाउँछु भन्दै जानी नजानी डोजर चालक बनेर खोला भित्र पसेका थिए । पछि एक समिति बनाएर काम गर्ने भन्दै उनले संरचनामाथि डोजर चलाउन सकेनन् ।

इटहरीमा भएको डिभिएम बोडिङ् स्कुल, एमालेको पार्टी कार्यालय, इटहरी ५ मा रहेको सिमरबना सहकारी भवन, नमुना कलेज लगायतका कयौँ स्थानकाबारेमा पटक पटक प्रश्न उठ्दै आएको छ । तर, आफ्नो कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहँदा पनि मेयर चौधरी अतिक्रमित खोलाको क्षेत्र हटाउने आश्वासन बाँड्दै आएका छन् । उनी इटहरीवासीको साझा सहमतिबाटै समाधान निकाल्नु पर्ने र सोही अनुरूप काम गर्नु पर्ने बताउँछन् ।
यसरी बाढीको जोखिम कम गर्न सकिन्छ ।

विशेष गरी इटहरी डुबान हुने भनेको सम्बन्धित निकायको कमिकमजोरी प्रष्ट देख्न सकिन्छ । जुन ठाउँबाट इटहरीमा बाढी पस्छ, त्यस ठाउँमा दीर्घकालीन योजना बनाएर सदाका लागि तटबन्ध नलगाउनु । विपद व्यवस्थापनमा छुट्ट्याइएको रकम खर्च गर्न नसक्नु जस्ता कारणले आज इटहरी बाढी र डुबानको सिकार हुँदै आएको छ ।

इटहरी पूर्वको उदाउँदो सहर हो । पहाडी जिल्लाबाट बसाइसरी आउनेको संख्या अत्यधिक छ । उनीहरूले खरिद गरेको जग्गा कुन भूगोलमा छ ? खोला पैनीलाई असर गरेको छ कि छैन ? भन्ने सामान्य जानकारीविना घर निर्माण गर्दा डुबान हुने गरेको लामो समयदेखि इटहरीमा बसोबास गर्दै आएका बद्रीप्रसाद पोखरेल बताउँछन् । घर बनाउने बेला उपमहानगरले भूगोलको अवस्था हेरेर मात्रै नक्सा पास गरी भौतिक संरचना निर्माण गर्न दिनुपर्ने उनको तर्क छ ।

त्यस्तै इटहरीका अगुवा नेता रामप्रसाद चौलागाईं इटहरीको बीच भागबाट टेङ्ग्रा खोलालाई इटहरीदेखि खनारसम्मको खोलालाई डाइभर्सन निर्माण गरी बुढी नदीमा जोड्नु अर्को स्थायी समाधान हुन सक्ने बताउँछन् । जसका कारण धेरै वडा डुबानबाट सुरक्षित राख्न सकिने उनले बताए ।

जनप्रतिनिधि आए पनि दीर्घकालीन समाधान तर्फ कुनै कदम नचाल्नुले इटहरीलाई सामान्य वर्षाबाट डुबान रोक्न नसकेको उनको भनाइ छ । त्यस्तै नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी ड्रेनको दीर्घकालीन योजना बनाउनु पर्ने बताउँछन् ।

Advertisement

पुराना पैनीलाई नयाँ संरचनाका आधारमा उही क्षेत्रफलमा बनाउनुले समेत बाढीले इटहरीलाई त्रसित पार्ने गरेको उनको भनाइ छ । खोला पैनीको क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सरकारले उचित र सुरक्षित स्थानमा राख्नुपर्ने र खोलाको आफ्नो क्षेत्र क्लियर गर्नुपर्ने केसीको भनाइ छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top