चौतारी र सेन्टरको एकतापछि प्रेस संगठन रहने

काठमाडौँ, साउन १६
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकताका लागि गठित कार्यदलले एकिकृत संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ (पिओएन) राख्ने निर्णय गरेको छ । यही साउन १५ मा बसेको एकता कार्यदलको बैठकले संगठनको अन्तरिम विधान–२०७५ लाई अन्तिम रुप दिँदै नाम तय गरेको हो ।

कार्यदलले दिएको जिम्मेवारीअनुसार चौतारी र सेन्टरका महासचिवहरु क्रमशः राजेश राई र विष्णु सापकोटा जुगलले सो विधानलाई अन्तिमरुप दिएको आज जारी विज्ञप्तिमा जनाइएको छ ।

संगठनले अन्तरिम कालको लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय गरेको छ । विधानमा भएको व्यवस्थाअनुसार केन्द्रीय समितिमा अध्यक्ष र महासचिवसहित दुई सय २५, प्रदेश समितिमा अध्यक्ष र सचिवसहित एक सय २५, जिल्ला समितिमा अध्यक्ष र सचिवसहित ३५ तथा शाखा समितिमा अध्यक्ष र सचिवसहित ९ सदस्यीय हुनेछ ।

यसैगरी, अनुशासन आयोगका अध्यक्ष र सचिवसहित १५, १५ सदस्यीय संरचना हुनेछ । आगामी तीन दिनभित्र दुबै संगठनको केन्द्रीय कमिटी र आयोगमा रहने सदस्यको नाम सिफारिस हुनेछ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटिका सदस्य तथा प्रेस सेन्टर, नेपालकी इन्चार्ज पम्फा भुसाल, पार्टी स्थायी कमिटिका सदस्य तथा प्रेस चौतारी, नेपालका इन्चार्ज योगेश भट्टराई, कार्यदलका सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र कार्यदल सदस्य तथा प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको उपस्थिति थियो ।
(रासस)

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top