झापा, साउन १५
घुस खाने मुख्य अड्डाको रुपमा परिचित यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारी घुस लिँदालिँदै फेला परेका छन् । यातायात कार्यालयकी सह–लेखापाल कल्पना न्यौपाने र लेखापाल नारायण दुलाल सेवाग्राहीबाट १८ हजार रुपैयाँ घुस लिदालिदै फेला परेका हुन् ।
झापाको दमकस्थित ग्लोबल अटो सेन्टर र प्यासिफक इन्टरप्राइजेजले नामसारी र ट्रली जडान गर्न लगेका ४ वटा ट्रयाक्टरमा लेखाशाखाका कर्मचारीले १८ हजार रुपैयाँ घुस रकम असुलेका हुन् ।
सरकारले कृषकको सुविधालाई ध्यानमा राखि भन्सार छुटमा आयात गरेको यस्ता ट्याक्टरमा ट्रलि जोड्ने अनुमती दिन कर्मचारीले बर्षैदेखि ५ हजार देखी ६ हजार रुपैयाँसम्म प्रति ट्याक्टर घुस रकम असुल्दै आएका थिए ।
सोही क्रममा ट्रयाक्टर शोरुम सञ्चालन गर्दै आएका दमकका व्यवसायी अशोककुमार थापाले घुस नखाई कर्मचारीले काम नगर्ने गरेको र आफुलाई अति नै गरेपछी बाध्य भएर संचारकर्मीलाई दुखेसो पोखेका थिए ।
थापाकै गुनासोका आधारमा यातायात कार्यालयको गतिविधीमा निगरानी गर्दा यति ठूलो घुस रकम सहित कर्मचारी रंगेहात फेला परेका हुन् । उनीहरुले ४ वटा ट्रयाक्टरको नामसारी र ट्रली जडान गर्न जम्मा २ हजार रुपैयाँको रसिद पाएका थिए ।
ट्याक्टरको प्राविधीक जाँच गर्न प्राविधीक शाखाका कर्मचारी श्रीधर खड्काले चारहजार रुपैयाँँ घुसबापत रकम लिएका थिए । त्यती हँुदा समेत काम नभएपछि ट्याक्टरमा ट्रलि जडान गर्न कर्मचारी मन्जुर नभएपछि सेवाग्रही लेखाशाखाका कर्मचारीलाई १८ हजार रकम घुस तिर्न बाध्य भएका थिए ।
इन्टरप्राइजेजका कर्मचारी रुबिना थापाले उक्त रकम सह लेखा अधिकृत कल्पना न्यौपानेलाई घुसबापत १८ हजार रुपैयाँ दिएकी दिइन् । लगत्तै हामी लेखा शाखामा यतिका रकम किन लिएको भन्दै पु¥यौं । त्यहाँ पुग्दा उनले घुसबापत लिएको रकम गन्दै थिइन् र हतारहतार टेबलमा पैसा राखिन् ।
न्यौपानेले १८ हजार रुपैयाँ लिएको भएपनि एक हजार रुपैयाँ लेखा अधिकृत नारायणप्रसाद दुलालले लिएको बताइन् । हामीले घुस असुलीका बारेमा प्रश्न गर्न थालेपछि दुलाल शौचालय जाने भन्दै कार्यालयबाट टाप कसका थिए ।
विगत लामो समयदेखी यसरी नै कार्यालयका प्राविधीक र लेखा शाखाका कर्मचारीले घुस रकम लिने गरेको सोरुमका सञ्चालक थापा बताउँछन् । मेची अञ्चलमा रहेका करिब ४ हजारको हाराहारी ट्याक्टरमा ट्रलि जडान गर्दा यातायातको कर्मचारीले यसरी नै रकम असुल्दै आएका छन् ।