रंगेहात घुससहित फेलापरे यातायात कार्यालय मेचीका कर्मचारी

१६ साउन ७५, बुधबार
Share this
769shares

झापा, साउन १५
घुस खाने मुख्य अड्डाको रुपमा परिचित यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारी घुस लिँदालिँदै फेला परेका छन् । यातायात कार्यालयकी सह–लेखापाल कल्पना न्यौपाने र लेखापाल नारायण दुलाल सेवाग्राहीबाट १८ हजार रुपैयाँ घुस लिदालिदै फेला परेका हुन् ।

Advertisement

झापाको दमकस्थित ग्लोबल अटो सेन्टर र प्यासिफक इन्टरप्राइजेजले नामसारी र ट्रली जडान गर्न लगेका ४ वटा ट्रयाक्टरमा लेखाशाखाका कर्मचारीले १८ हजार रुपैयाँ घुस रकम असुलेका हुन् ।

सरकारले कृषकको सुविधालाई ध्यानमा राखि भन्सार छुटमा आयात गरेको यस्ता ट्याक्टरमा ट्रलि जोड्ने अनुमती दिन कर्मचारीले बर्षैदेखि ५ हजार देखी ६ हजार रुपैयाँसम्म प्रति ट्याक्टर घुस रकम असुल्दै आएका थिए ।

Advertisement

सोही क्रममा ट्रयाक्टर शोरुम सञ्चालन गर्दै आएका दमकका व्यवसायी अशोककुमार थापाले घुस नखाई कर्मचारीले काम नगर्ने गरेको र आफुलाई अति नै गरेपछी बाध्य भएर संचारकर्मीलाई दुखेसो पोखेका थिए ।

थापाकै गुनासोका आधारमा यातायात कार्यालयको गतिविधीमा निगरानी गर्दा यति ठूलो घुस रकम सहित कर्मचारी रंगेहात फेला परेका हुन् । उनीहरुले ४ वटा ट्रयाक्टरको नामसारी र ट्रली जडान गर्न जम्मा २ हजार रुपैयाँको रसिद पाएका थिए ।

Advertisement

ट्याक्टरको प्राविधीक जाँच गर्न प्राविधीक शाखाका कर्मचारी श्रीधर खड्काले चारहजार रुपैयाँँ घुसबापत रकम लिएका थिए । त्यती हँुदा समेत काम नभएपछि ट्याक्टरमा ट्रलि जडान गर्न कर्मचारी मन्जुर नभएपछि सेवाग्रही लेखाशाखाका कर्मचारीलाई १८ हजार रकम घुस तिर्न बाध्य भएका थिए ।

इन्टरप्राइजेजका कर्मचारी रुबिना थापाले उक्त रकम सह लेखा अधिकृत कल्पना न्यौपानेलाई घुसबापत १८ हजार रुपैयाँ दिएकी दिइन् । लगत्तै हामी लेखा शाखामा यतिका रकम किन लिएको भन्दै पु¥यौं । त्यहाँ पुग्दा उनले घुसबापत लिएको रकम गन्दै थिइन् र हतारहतार टेबलमा पैसा राखिन् ।

न्यौपानेले १८ हजार रुपैयाँ लिएको भएपनि एक हजार रुपैयाँ लेखा अधिकृत नारायणप्रसाद दुलालले लिएको बताइन् । हामीले घुस असुलीका बारेमा प्रश्न गर्न थालेपछि दुलाल शौचालय जाने भन्दै कार्यालयबाट टाप कसका थिए ।

विगत लामो समयदेखी यसरी नै कार्यालयका प्राविधीक र लेखा शाखाका कर्मचारीले घुस रकम लिने गरेको सोरुमका सञ्चालक थापा बताउँछन् । मेची अञ्चलमा रहेका करिब ४ हजारको हाराहारी ट्याक्टरमा ट्रलि जडान गर्दा यातायातको कर्मचारीले यसरी नै रकम असुल्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top