तास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

६ कात्तिक ७८, आइतबार

७ कार्तिक, काठमाडौं ।

Advertisement

देशका विभिन्न भूभागबाट तास खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका–८ दुधेना बस्ने दिनेश केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–८ बस्ने ४० वर्षीय शुनिल काफ्ले लगायत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

Advertisement

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६८ हजार रुपैयाँ र ५ गड्डी तास सहित पक्राउ गरेको हो ।

यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका–९ दोघरे बस्ने सबिता थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–५ बस्ने ४१ वर्षीय नन्द लाल चौधरी लगायत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

Advertisement

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७० हजार ९ सय ३० रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो।

झापाको शिवसताक्षी नगरपालिका–९ बस्ने जितेन्द्र शाक्यको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय अग्नि राई लगायत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७३ हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top