वास्तविक पीडितसम्मै नपुगि फर्किए प्रधानमन्त्री

७ कार्तिक, विराटनगर ।

बाढी पहिरोले पुर्याएको क्षति निरीक्षण गर्न आएका प्रधानमन्त्री शेरबहादुर देउवा सुरक्षा अधिकारीको ब्रिफिङ सुनेर फर्किएका छन् । वास्तविक पीडितलाई नै नभेटी प्रधानमन्त्री फर्किएपछि बाढीपहिरो पीडित निराश भएका छन् ।

प्रधानमन्त्री भेट्न पाँचथरको राँकेमा भेला भएका पीडितहरूलाई नभेटी काठमाडौं फर्किएपछिपीडितहरूले दुःख मनाउ गरेका छन् । पीडितहरूलाई नभेटेका प्रधानमन्त्रीले पाँचथर र इलामका प्रमुख जिल्ला अधिकारीमार्फत भने बाढीपहिरो पीडितको अवस्था बारे जानकारी लिएका छन् ।

राँकेस्थित जलसिंह माविमा भएको कार्यक्रममा देउवालाई पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल र इलामका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले पहिरोले पुर्याएको क्षति बारेमा जानकारी गराइ रहँदा प्रांगणमा भने पहिरोपीडितहरू प्रधानमन्त्रीलाई कुरा राख्न पाउने आशामा थिए । देउवाले प्रमुख जिल्ला अधिकारीको कुरा सुनेपछि काठमाडांै पुगेर राहत प्याकेज ल्याउने आश्वासन दिए ।

संक्षिप्त मन्तव्य राखेका देउवाले बाढी र पहिरोले पुर्याएको क्षतिको लगत संकलन भएपछि राहत घोषणा गर्ने बताए । यसअघि प्रदेश १ मा बाढीपहिरोले पुर्याएको क्षतिको स्थलगत अनुगमन र निरीक्षण गर्न आएका प्रधानमन्त्री सुरुमा विराटनगर विमानस्थलमा उत्रिएका थिए । त्यहाँ उनी चढेको हेलिकोप्टरमा आवश्यक इन्धन हालिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको प्रदेश कार्यालय बराह बाहिनीमा पुगेका देउवाले सुनसरी मोरङका प्रमुख जिल्ला अधिकारीबाट बाढीले पुर्याएको क्षतिको बारेमा जानकारी लिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र मोरङमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बाढी पहिरोले पुर्याएको क्षतिको बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा प्रदेशका आन्तरिक मामिला मान्त्रालय प्रदेश १ का सचिव कालीप्रसाद पराजुलीले प्रदेशमा प्रदेश बाढीपहिरो र डुबानले पुर्याएको क्षतिको बारेमा जानकारी गराए । कार्यक्रममा प्रदेश १ का मुख्यसचिव डा. रामप्रसाद घिमिरेले तीन तहको सरकारको समन्वयमा बाढीपीडितको उद्धार, राहत र पुर्नस्थापना लागि भइरहेको कामका बारेमा जानकारी गराए ।

मुख्यसचिव घिमिरेका अनुसार बाढीपहिरो र डुबानले पुर्याएको क्षतिको बारेमा जानकारी लिएपछि प्रधानमन्त्री देउवाले उद्धार र राहतमा लाग्न निर्देशन दिएका छन् । उनले तीनै तहको सरकारको समन्वयमा काम गर्न र तत्काल क्षतिको लगत संकलन गरि बुझाउन समेत निर्देशन दिएको सचिव घिमिरेले जानकारी दिए ।

बाढीले ज्यान गुमाएका पीडित परिवारले भेट्नै पाएनन्
बाढीका कारण ११ जनाको मृत्यु भएको सुनसरीमा पनि प्रधानमन्त्री देउवालाई बाढीपीडितले भेट्न पाएनन् । कार्यक्रममा सुनसरीका विभिन्न स्थानीय तहका प्रमुखहरूको उपस्थिति थियो ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राई, दुहवी नगरपालिकाका मेयर वेद गच्छदार, कोसी गाउँपालिकाका अध्यक्ष ऐउब अन्सारी र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले माग पत्र बुझाएका छन् ।

सुनसरीको पकलीबाट सिधँै हेलिकोप्टरमा पाँचथरको राँके पुगेका प्रधानमन्त्रीले स्थानीय पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारीहरूसँग कुराकानी गरेका छन् ।
सुरक्षा प्रमुखको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले स्थानीयलाई सम्बोधन गर्दै सरकारले प्रकोपको लागत संकलन भएपछि राहत कार्यक्रम ल्याउने बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top