१ थान गैँडाको खागसहित दुई जना पक्राउ

१ थान गैँडाको खागसहित दुई जना पक्राउ

७ कार्तिक, काठमाडौैं ।

काठमाडौं महानगरपालिका ९ गैरीगाउँबाट ९ सय ७० ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैँडाको खाग १ थानसहित दुई जना पक्राउ परेका छन्।

शुक्रबार प्रहरीले काठमाडौं महानगरपालिका स्वयम्भू बस्ने सोलुखुम्बु दुधकोशी गाउँपालिका ६ घर भएका १९ वर्षीय तिलक बहादुर बस्नेत र तार्केश्वर नगरपालिका लोकतान्त्रिक चोक बस्ने बागलुङ तमनखोला गाउँपालिका १ घर भएका २८ वर्षीय दिपक गोतामेलाई पक्राउ गरेको हो।

संरक्षित वन्यजन्तु गैँडाको खाग अवैध रुपमा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त खाग सहित फेला पारी उनलाई पक्राउ गरेको हो।

उनीहरुलाई आवश्यक कारवाहीका लागि वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.