गरिबका लागि मकवानपुर र चितवनमा घर बनाइँदै

७ कात्तिक ७८, सोमबार

८ कार्तिक, काठमाडौं ।

गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण हुने भएको छ।

गत आर्थिक वर्ष २०७७÷७८ मा ती घर निर्माणको सम्झौता भएको सहरी विकास तथा भवन निर्माणको कार्यालय हेटौँडाले जनाएको छ।

दुई सय घर निर्माणका लागि छनोट भए पनि १९८ घर निर्माणको सम्झौता भएको बताइएको छ। चालु आवमा १२६ ले घर निर्माणका लागि प्रथम किस्ता लिएको सो कार्यालयका अधिकृत मनोज लामिछालेले जानकारी दिए।

जिल्लाको बकैया, भीमफेदी, राक्सिरागं, कैलाश तथा हेटौँडा उपमहानगर पालिकामा जनता आवास कार्यक्रम कार्यान्वयनमा रहेको सो कार्यालयले जनाएको छ। चितवन र मकवानपुर गरी दुई जिल्लाको कार्यक्रम सो कार्यालयले हेर्ने गरेको छ।

यसैगरी चितवनमा १९२ घर निर्माणका लागि सम्झौता भएकोमध्ये ८३ ले प्रथम किस्ता बुझेर लगेको जानकरी दिइएको छ। कार्यालयबाट प्राप्त जानकरीअनुसार गत आवमा मकवानपुरमा घर निर्माणका लागि चार हजार ५०० को निवेदन परेको थियो। तीमध्ये जिल्लामा १९८ घर निर्माणको लागि छनोट भएको हो।

उक्त कार्यक्रमका लागि पाँच करोड ४८ लाख बजेट विनियोजन भएको बताइएको छ। लाभग्राहीको १० प्रतिशत लगानी रहने गरी भूकम्पप्रतिरोधी सानो बरण्डासहितको दुई कोठे ढुङ्गामाटोले बनेको कच्ची घरको कूल लागत तीन लाख ५० हजार रहेको बताइएको छ। यसमा शौचालय अनिवार्य गरेको छ।

सङ्घीय सरकारले सर्वप्रथम सुरु गरेको सो आवास निर्माणको काम अहिले प्रदेशमा हस्तान्तरण भएको छ । कोरोना महामारीको कारण गत आवमा घर निर्माणका प्रक्रिया पूरा हुन् नसकेको सो कार्यालयका प्राविधिकले जनाएका छन्। आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न मुस्लिम समुदायलाई जनता आवास कार्यक्रममा समेटिएको बताइएको छ। (रासस)

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top