१३ न्यायाधीशको बैठक सकियो, भोलि प्रधानन्यायाधीशलाई भेट्ने

१३ न्यायाधीशको बैठक सकियो, भोलि प्रधानन्यायाधीशलाई भेट्ने

८ कात्तिक, काठमाडौँ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका गतिविधिप्रति प्रश्न उठाइरहेका सर्वोच्च अदालतका १३ जना न्यायाधीशहरूको बैठक सकिएको छ ।

न्यायाधीशहरुबीच भएको छलफलमा भोलि साढे ११ बजे सबैले प्रधानन्यायाधीश जबरालाई भेट्ने र न्यायलयमा देखिएको समस्याहरुबारे आफ्नो धारणा राख्ने सहमति भएको हो ।

प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नगएका सर्वोच्चका न्यायाधीशहरु विहानैबाट छलफलमा जुटेका थिए । झन्डै २ घण्टा चलेको बैठकलमा केही न्यायाधीशले जबरालाई केही सुधार नगर्ने भएकाले भेट्नुको अर्थ नभएको धारणा राखेकाे स्राेतले जनाएकाे छ । फैसला गर्दा त आरोपित पक्षलाई आफ्नो धारणा राख्न दिइन्छ भने यति गम्भीर आरोपबारे जबराको पनि धारणा सुन्नुपर्ने मत राखेका थिए ।

न्यायाधीशहरू आफ्नो बैठकमा केन्द्रित भएपछि सोमबारका सर्वोच्च अदालतका सबै इजलास प्रभावित भएका छन् । नेपाल बार एसोसिएसन पनि छलफलमा छ । सर्वोच्च बारको बैठक पनि केही बेरमा बस्दैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.