×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

पत्रकार राईको भिरबाट लडेर मृत्यु

८ कार्तिक २०७८

८  कात्तिक, खोटाङ ।

हङकङमा पत्रकारिता गर्दै आउनुभएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ ।

Advertisement
Advertisement

धरान उपमहानगरपालिका–१५ घर भई हाल हङ्कङमा बसेर पत्रकारिता गर्दै आएका ५३ वर्षीय पत्रकार राईको आइतबार साँझ यहाँ स्थित पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो ।

खोटाङबाट भोजपुर जाने क्रममा आइतबार साँझ करिब साढे पाँच बजेको समयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पास्थित पङ्खुखोला नजिकैको भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए ।

“मृतक पत्रकार राई काठमाडौँको नागार्जुन नगरपालिका–२ बस्ने सशस्त्र प्रहरी बलका पूर्व प्रहरी उपरीक्षक ९एसपी० प्रेम श्रेष्ठसँग घुम्न आउनुभएको रहेछ”, उनले भने, “दिक्तेलबाट भोजपुर जानेक्रममा दोर्पास्थित पङ्खुखोला नजिकै गाडीबाट ओर्लिएर दिसा बस्न जाने क्रममा भीरबाट लडेर करिब २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ ।”

हङकङबाट नेपाली भाषामा प्रकाशन हुने पत्रिका ‘एभरेष्ट साप्ताहिक’का प्रकाशक एवम् सम्पादक रहेका राईको शव परीक्षणका लागि आइतबार राति नै जिल्ला अस्पताल दिक्तेलमा ल्याएर राखिएको छ । पत्रकार राईको शव हङकङबाट आफन्त आएपछि परीक्षण गरेर जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

पत्रकार राईको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए । “मृतक पत्रकार राई र एसपी सा’ब साथी साथी हुनुहुँदो रहेछ”, उनले भने, “नेपाल आएको समयमा साथी साथी सँगै भ्रमण निस्कनुभएको समयमा घटना भएको बुझिएको छ ।”

पत्रकार राईको मृत्युपछि पूर्व एसपी श्रेष्ठ र चालकसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालयमै राखेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । यद्यपि, उनीहरूलाई पक्राउ गरेर राखिएको भने होइन ।

मृतक पत्रकार राईसहितको टोली प्रदेश नं। २–०१–०२४ च ३८०२ नम्बरको निजी कार लिएर भ्रमणमा आएकाे बुझिएकाे छ । घटनापछि उहाँहरूले प्रयोग गर्नुभएको कारसमेत जिल्ला प्रहरी कार्यालयमै राखिएको छ ।

मृतक पत्रकार राई नेपाल पत्रकार महासङ्घ हङ्कङ शाखाका वर्तमान अध्यक्ष, एनआरएनका पूर्व महासचिव, नेपाल आदिवासी जनजाति महासङ्घ हङकङका वर्तमान अध्यक्ष, किराँत राई यायोख्खा हङकङका पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार लगायतको भूमिकामा थिए। पत्रकार राईलाई यसै वर्ष हङकङ सरकारले ‘चिफ एक्ज्युकेटिभ कमेन्डेशन फर कम्युनिटी सर्भिस’ले सम्मान गरेको थियो ।

Advertisement

दुई दशकदेखि हङकङमा पत्रकारिता तथा विभिन्न सङ्घसंस्थाको नेतृत्व गरिरहनुभएका मृतक पत्रकार राईका दुई छोरा युके तथा आमा र श्रीमती हङकङमा रहेको पारिवारिक स्रोतले जनाएको छ । पुर्खौली घर ओखलढुङ्गा भएका मृतक पत्रकार राईका धरानस्थित आफन्त सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ । रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top