राष्ट्रिय ध्वजावाहकको प्रतिष्ठा बढाउँछु: नवनियुक्त अध्यक्ष अधिकारी

८ कात्तिक ७८, मंगलबार

९ कात्तिक, काठमाडौँ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को साेमबार बसेको बैठकले निगमका पूर्व कर्मचारीसमेत रहेका अधिकारीलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निगमका यसअघिका अध्यक्ष सुशील घिमिरेको राजीनामालाई स्वीकृत गर्दै नयाँ कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको बताए ।

नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारीले राष्ट्रिय ध्वजावाहकको मर्यादा र प्रतिष्ठा बढाउने गरी काम गर्ने बताए । उनले भने, “निगमको विभिन्न विभागको जिम्मेवारीमा रहेर लामो समय सेवा गरेको व्यक्ति भएकाले आज मेरो नियुक्तिमा निगमका कर्मचारीहरु अत्यन्तै खुशी छन् । म गएपछि निगमभित्रको लामो समयदेखिको कर्मचारीको आन्दोलन पनि रोकिन्छ । भोलि मैले उनीहरुलाई सम्बोधन गर्नेछु ।”

अध्यक्ष अधिकारीले निगमको बृहत्तर हित, संस्थागत सुदृढीकरण तथा कर्मचारीको हक, हित र सेवाको सुरक्षाको सुनिश्चितता हुने गरी आफूले काम गर्ने विश्वास व्यक्त गरे । निगमलाई कम्पनी मोडलमा लगेर निजीकरण गर्न खोजिएको भन्दै निगमभित्रका विभिन्न कर्मचारी ट्रेड युनियनले १०४ दिन लामो आन्दोलन गरेका थिए ।

निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलको राजीनामाको माग गर्दै कर्मचारीले निरन्तर आन्दोलन गर्दा निगमका महत्वपूर्ण काम कारबाही प्रभावित भएको थियो । गत असोज २२ गते नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निगमका कर्मचारी ट्रेड युनियनलाई मन्त्रालयमा बोलाएर छलफल गरी आन्दोलन स्थगित गराएका थिए ।

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढाइएसँगै निगमका कर्मचारीले गत असार १८ देखि निगम केन्द्रीय कार्यालयमा धर्नालगायत कार्यक्रम गर्दै आएका थिए । निगमका महाप्रबन्धक १०२ दिनदेखि कार्यालय पुग्न सकेका थिएनन् । असोज २५ गतेदेखि आन्दोलन स्थगित गरिएको छ ।

निगमले अनुमति पाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड हेन्डलिङ सेवाका लागि आवश्यक तयारीको कार्य आन्दोलनले प्रभावित भएको निगमले विज्ञप्ति जारी गरेर जनाएको थियो । त्यस्तै निगममा आइएफआरएस प्रणाली लागू गर्ने सम्बन्धमा गर्नुपर्ने तयारी, अनलाइन टिकट प्रणालीसमेत हुने गरी पिएसएस लागू गर्ने सम्बन्धमा गरी राखिएको तयारीको काम पनि अघि बढ्न सकेको थिएन ।

ए ३२० को इन्जिन मर्मतका लागि एमआरओ छान्नेसम्बन्धी सम्पूर्ण प्रक्रिया अवरोध भएको छ भने अर्थ मन्त्रालयको निर्देशनबमोजिम गर्नुपर्ने निगमको अद्यावधिक डिडिएसम्बन्धी काम पनि प्रभावित भएको थियो । निगम यवस्थापनले तयार गरी सञ्चालक समितिले स्वीकृत गरेको १० वर्षे व्यावसायिक योजना कार्यान्वयन गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि विमान सङ्ख्या थप गर्न नेपाल सरकारसँग समन्वय गर्नेसम्बन्धी सम्पूर्ण कामलगायत काम कारबाहीहरू प्रभावित हुन पुगेको निगमले जनाएको थियो ।

निकै कठिन परिस्थितिमा निगमले नेतृत्व पाएसँगै निगमका आगामी काम कारबाही प्रभावकारी ढङ्गले अघि बढ्ने निगमभित्रका कर्मचारीको विश्वास छ । निगमकका एक उच्च अधिकारीले निगमभित्र लामो समयदेखिको अन्योलपूर्ण अवस्थाको अन्त्य भई नीतिगत योजनाका साथ प्रभावकारी काम हुने बताए ।

यसअघि निगमको अर्थ विभागको निर्देशक पदको जिम्मेवारी सम्हालेका नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारी उमेर हदका कारण सेवा निवृत्त भएका थिए । निगममा ३४ वर्ष दुई महिना दुई दिन सेवा गरेर अधिकारी गत वर्ष सेवा निवृत्त भएका थिए । लोकसेवामार्फत चौथो तहदेखि सेवा प्रवेश गरेका अधिकारीले निगमभित्रका विभिन्न चारवटा विभागको निर्देशकका रुपमा काम गरेका थिए । उनले राजनीति शास्त्रमा स्नातकोत्तर र बिएल अध्ययन गरेका छन् । निगमका निवर्तमान अध्यक्ष सुशील घिमिरेले विसं २०७७ वैशाख ३ गते निगमको अध्यक्षमा नियुक्त भएका थिए । उनले केही महिनाअघि राजीनामा दिएको भए पनि उक्त राजीनामा स्वीकृत भएको थिएन ।

तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले विसं २०७६ माघमा राजीनामा दिएपछि निगमको कार्यकारी अध्यक्ष पद तीन महिना रिक्त थियो । पूर्वपर्यटन सचिव घिमिरेलाई अध्यक्षमा नियुक्त गरिएको थियो । रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top