×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पर्वमा किसानलाई बाली स्याहार्ने चटारो

९ कार्तिक २०७८

९ कार्तिक, महोत्तरी ।

मुख्य चाडपर्वको मुखमा महोत्तरीका किसानलाई बाली स्याहार्ने चटारो छ। दीपावली र छठजस्ता मुख्य पर्वको मुखमा यहाँका किसानलाई लाग्दो कात्तिकको बेमौसमी वर्षाले डुबाएको÷लडाएको धान स्याहार्ने चटारो परेको हो।

Advertisement
Advertisement

लाग्दो कात्तिकमै कतिले धान काटेर खेतमै पसी (निहिन, धान काटेर सुकाउने प्रयोजनका लागि खेतमै फिजाइने काम) सुकाएका थिए। धेरैजसो अब धान काट्नुपर्छ भन्ने तयारी गरिरहेकै बेला बेमौसमी वर्षा भएको थियो। सो वर्षाले पसी डुबाएको र काट्न बाँकी धान लडाएपछि अहिले किसान त्यही बाली स्याहार्न रातदिन नभनी जुटेका छन् ।

‘चाडपर्व मुखमा छन्, केही गर्न पाइएको छैन, मुखमा आएको बाली नोक्सान भएर असरल्ल छ,’ जहान परिवार सबै लडेका धानका बोट उठाउन तल्लिन रहेबीच भङ्गाहा नगरपालिका–४ पलारका ७५ वर्षीय किसान चौठी बाँतरले भने, ‘वर्षभरि जहान परिवार पाल्ने अन्न स्याहार्नै पर्यो।’ बेमौसमी वर्षाले तरकारी बालीमा पनि क्षति गरे पनि धानको नोक्सानीले भने मन थाम्न नसकिएको बाँतरको भनाइ छ।

दीपावली पर्व लाग्न एक सातामात्र बाँकी छँदा त्यसको तयारीमा लाग्न नपाइएको यहाँका आम किसान बताउँछन्। ‘दीपवली त अब एक सातामै आइहाल्छ, बस् त्यसको चार÷पाँच दिनमै छठ हुन्छ,’ बलवा नगरपालिका भगवतीपुरका गरिब किसान उत्तिम माझी मुसहर भन्छन्, ‘हामीलाई बाली स्याहार्नकै धमाधम छ।’

लाग्दो कात्तिकको बेमौसमी वर्षाले जिल्लामा धानबालीमा निकै क्षति गरेको छ। हालसम्म प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लामा करिब १०० हेक्टर क्षेत्रफलको धानबालीमा क्षति भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र महोत्तरीको कार्यालय जलेश्वरले जनाएको छ।

जिल्लामा यसपालि ४६ हजार हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको कार्यालयको तथ्याङ्क छ। जिल्लाका १५ स्थानीयतह (नगरपालिका÷गाउँपालिका)मध्ये हालसम्म छवटा बाट मात्र क्षतिको विवरण आएको कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका प्रमुख रामचन्द्र यादवले जानकारी दिए।

‘विवरण सङ्कलन र प्राप्त हुने क्रम छ,’ यादवले भने, ‘कृषिक्षेत्र (कृषिसम्वद्ध कार्यालय), स्थानीय तह र प्रहरी जनशक्तिले विवरण सङ्कलन गरिरहेका छन्।’ अहिलेसम्म सोनामा, महोत्तरी, एकडारा गाउँपालिका र भङ्गाहा, लोहारपट्टी र बर्दिबास नगरपालिकाबाट मात्र क्षतिको विवरण प्राप्त भएको कार्यालयले जनाएको छ।

हालसम्मको विवरणअनुसार सबैभन्दा बढी भङ्गाहा नगरपालिका क्षेत्रमा ६० हेक्टरको धानबाली नोक्सान भएको यादवले जानकारी दिए। बेमौसमी वर्षाका कारण १५ हजार किसानले धानबालीको नोक्सानी खेप्नुपरेको अहिलेसम्मको तथ्याङ्क छ।

चाडपर्वको मुखमा भएको बाली क्षतिले यहाँ पर्वको उल्लास आउन सकेको छैन। यसैबीच प्रदेश नं २ सरकारले बाली क्षति भएका किसानलाई राहत दिने बताएको छ। यद्यपि सरकारी घोषणाको राहत के, कसले, कसरी र कहिले पाउने भन्ने टुङ्गो नभएको किसान विरक्तिँदै बताउँछन्।

Advertisement

‘हामीलाई एक–दुई किलो अन्न, नुन र चिनीका पोका बाँडेर दुखः धानिदैन,’ बर्दिबास नगरपालिका–९ पशुपतिनगरका किसान कारी महतो भन्छन्, ‘अब गरिने खेतीका लागि मलखाद, बीउ, प्रविधि र सुलभ ऋण पाए उक्सिन मद्दत हुन्छ।’ धानबाली स्याहार्न, बालीको वैज्ञानिक व्यवस्थापन गर्न (धान उसिन्न, कुटाउन, भिजेकोरडुबेको धान उसिना गरेर चामल बनाउन सकिने विज्ञको भनाइ छ) र अब लगाइने गहुँलगायत हिउँदे बालीमा सहयोग आपूmहरुका लागि राहत हुने किसान बताउँछन्। रासस

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top