विराटनगर, साउन १७
विराटनगर भन्सार नाका हुदै हुने काठको आयात बढेको छ । गत आर्थिक बर्ष २०७४/०७५ मा ४ लाख क्युबीक काठ आयात भएको छ । आर्थिक बर्ष २०७३/०७४ मा ३ लाख क्युबी काठ आयात भएकोमा आर्थिक बर्ष २०७४/०७५ मा विराटनगर भन्सार भएर ४ लाख क्युबीक काठ आयात भएको जिल्ला वन कार्यालयका प्रमुुख डाक्टर विनोद देवकोटाले बताए ।
आन्तरिक रुपमा उत्पादन भएका काठको व्यवस्थापन नहुुदा वाह्रय मुुलुुकवाट ठुुलो परिमाणमा काठहरु नेपाल भित्रिने गरेका छन । पछिल्लो तथ्याङले तेश्रो मुुलुुकवाट काठ भित्रिने क्रम वढि रहेको देखिएको छ ।
मलेसिया, इण्डोनेसिया, बर्मा र युुरोपवाट आएका काठ विराटनगरमा भित्रिएको जिल्ला वन कार्यालय मोरङले जनाएको छ । विराटनगर, काकरभिट्टा, विरगञ्ज तथा भैरहवा नाका भएर विदेशी काठ नेपाल भित्रिने गरेका छन ।
विगत तिनवर्ष देखि विराटनगर नाका भएर काठ भित्रिन थालेको हो । विभिन्न भन्सार नाका भएर भित्रिएका कर्मा तथा सखुुवाका काठ काठमाण्डौ पोखरा, नेपालगन्ज लगायत सहरहरुमा जाने गरेको वन कार्यालय मोरङले जनाएको छ । विदेशवाट आउने काठलाई प्रतिस्थापन गर्न चालुु आर्थिक वर्षमा साढे ४ लाख क्युुवि काठ उत्पादन गर्ने लक्ष्य लिएको कार्यालयले लिएको छ ।