प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच छलफल सुरु

८ कात्तिक ७८, मंगलबार

९ कात्तिक, काठमाडौं ।

Advertisement

प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच सामूहिक छलफल सुरु भएको छ ।

न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा उनीहरुबीच छलफल हुने भएकाे हाे । छलफलको क्रममा न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

Advertisement

संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइ रोकेको, सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू गर्न नमानेको, कार्यकारी निकायसँग लेनदेनमा सहभागी भएको जस्ता आरोप लागेका प्रधानन्यायाधीश जबरा राजीनामा दिनुपर्ने दबाबमा छन् ।

सोमबार प्रधानन्यायाधीश जबराले तोकेको इजलास बहिस्कार गरेर उनीहरु छुट्टै छलफलमा बसेका थिए । सोही छलफलमा प्रधानन्यायाधीशसँगको भेटमा राजीनामा माग्ने सहमति भएको  छ ।

Advertisement

 यद्यपि जबराले बीबीसी न्युज नेपालीसँगको कुराकानीमा पदबाट राजीनामा नदिने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top