प्रधानन्यायाधीश दलको नेता बनेः रमण श्रेष्ठ

प्रधानन्यायाधीश दलको नेता बनेः रमण श्रेष्ठ

९ कात्तिक, काठमाडाैँ ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई ठिक ढंगले सञ्चालन गर्न नसकेको बताए। उनले प्रधानन्यायाधीश राजनीतिक दल र दलको नेताको भुमिकामा गई कार्यकारी पदमा भाग खोज्ने र नियुक्त गर्न थालेकोले दलको नेतालाई प्रधानन्यायाधीश बन्न दिने कि नदिने भनि प्रश्न गरे । प्रधानन्यायाधीशले वरिष्ठ न्यायाधीशलाई बाइपास गर्ने, पेशी व्यवस्थापनमा गढबढ गर्ने लगायतका काम गरेको उनले बताए ।

उनले भने – ‘सिनियर न्यायाधीशलाई बाइपास गर्ने, पेशी व्यवस्थापनमा गढबढ भएको छ । न्याय सम्पादन गर्ने, प्रधानन्यायाधीशले गर्ने नेतृत्व पनि ठिक किसिमले गर्नुभएन । भ्रष्टाचार व्यापक भो । प्रधानन्यायाधीश अहिले दलको भुमिकामा जानु भो । दलको नेताको भुमिकामा जानु भो उहाँ । कार्यकारी पदमा नियुक्त गर्ने कुरा त दलको मात्रै हो नि । त्यो दललाई मात्र अधिकार छ । प्रधानन्यायाधीसले नियुक्त गर्न थाल्नु भो आफ्नो मान्छे । मन्त्री नै खोज्नुभयो भनेपछि त उहाँ त अब प्रधानन्यायाधीश बन्नुभयो कि पार्टीका नेता बन्नुभयो ? उहाँ दलका नेता बन्नुभयो । दलको नेतालाई प्रधानन्यायाधीश बन्न दिने कि नदिने ? शक्तिपृथकीकरणको सिद्धान्तभन्दा बाहिर गएर आफ्नो गतिविधिलाई अगाडी बढाउनुभयो । न्यायपालिका भित्र पनि ठिक गर्नुभएन ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.