पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हरायाे

१० कात्तिक, एजेन्सी ।

पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ मा न्युजिल्यान्डमाथि सानदार जित हात पारेको छ । सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

शारजाह क्रिकेट स्टेडियममा जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८. ४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३४ बलमा ५ चौका सहित सर्वाधिक ३३ रनको योगदान दिए । आसिफ अली १२ बलमा १ चौका र ३ छक्का सहित २७ रनमा अविजित रहे ।

शोएब मलिक २० बलमा २ चौका र १ छक्का सहित २६ रनमा अविजित रहे । कप्तान बाबर आजम ९, फखार जमान इमाद वासिम र मोहम्मद हफिज ११–११ रनमा आउट भए । न्युजिल्यान्डका स्पिनर ईश सोधीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । न्युजिल्यान्डका डेभन कन्वेले २४ बलमा ३ चौका सहित सर्वाधिक २७ रन बनाए । न्युजिल्यान्डलाई ओपनर मार्टिन गुप्टिल र ड्र्याल मिचेलले पहिलो विकेटका लागि ५.२ ओभरमा ३६ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर हरिस रौफले गुप्टिललाई १७ रनमा बोल्ड आउट गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि न्युजिल्यान्डका कुनैपनि ब्याटरले राम्रो साझेदारी गर्न सकेनन् । गुप्टिल बोल्ड हुनुअघि २० बलमा ३ चौका प्रहार गरे ।

स्पिनर ईमाद वासिमले नवौं ओभरको दोस्रो बलमा ड्र्याल मिचेललाई फखार जमानबाट २७ रनमा क्याच गराए । मिचेलले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । लगत्तै अर्को ओभरको पहिलो बलमा मोहम्मद अफिजले जमानबाट जेम्स निशम १ रनमा क्याच आउट गराएपछि न्युजिल्यान्ड समस्यामा परेको थियो ।

१४ औं ओभरको पहिलो बलमा कप्तान केन विलियम्सन २५ रनमा रन आउट हुन पुगेका थिए । न्युजिल्यान्डका प्रमुख ब्याटर केनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । तल्लोक्रमका ग्लेन फिलिप्स १३, टिम सिफर्ट ८ र मिचेल सान्टनर ४ रनमा आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, स्पिनर इमाद वामिस र मोहम्मद हफिजले १–१ विकेट लिए ।

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले पराजित गरेको थियाे । पाकिस्तानले अव शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । न्युजिल्यान्डले आइतबार भारतसँग खेल्नेछ । भारत र न्युजिल्यान्डबीचको खेल दुबै टोलीलाई निकै महत्वपूर्ण हुनेछ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top