×

NEPAL TIMES UPDATES

Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026

शिक्षकको पदपूर्ति छिट्टै

१० कार्तिक २०७८

काठमाडौँ : शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको प्रक्रिया छिट्टै अगाडि बढाउने भएको हो ।

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले आफूहरू नयाँ पदपूर्ति प्रक्रियाकै तयारीमा रहेकाले नयाँ विज्ञापन तत्काल खोलिने जानकारी दिनुभयो । उहाँका अनुसार, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट नयाँ पदपूर्तिका लागि सङ्ख्या प्राप्त भएपछि तयारीको काम भइरहेको छ ।

Advertisement
Advertisement

नयाँ पदपूर्ति प्रक्रियाअन्तर्गत प्राथमिक तहमा सबैभन्दा बढी पदमा नयाँ पदपूर्ति गरिनेछ । जसअनुसार १२ हजार प्राविमा पदपूर्ति गरिनेछ । त्यसैगरी, निम्न माध्यमिक तहमा तीन हजार र माध्यमिक तहमा दुई हजार शिक्षकको पदपूर्ति गरिनेछ ।

विद्यालय तहलाई आधारभूत र माध्यमिक तह भनेर परिभाषित गरिए पनि शिक्षकको नयाँ पदपूर्ति भने पुरानै संरचना प्रावि, निमावि र माविअनुसार नै हुनेछ । प्रावि तहको पदपूर्ति जिल्लागत तथा निमावि र माविको पदपूर्ति प्रदेशगत आधारमा गरिने छ । २०७४/०७५ पछि सार्वजनिक विद्यालयको रिक्त शिक्षक पदमा पदपूर्ति हुन लागेको हो ।

धेरै वर्षसम्म नयाँ शिक्षकको पदपूर्ति हुन नसकेको र धेरैको चासोको विषयसमेत भएकाले आफूहरू पदपूर्तिको प्रक्रिया तत्काल अघि बढाउनुपर्छ भन्ने पक्षमा रहेको आयोगका अध्यक्ष रेग्मीले बताउनुभयो ।

हाल आयोगले पदपूर्तिका लागि आन्तरिक तयारीको काम गरिरहेको छ । रिक्त पद सङ्ख्या यकिन गर्ने, पदपूर्तिका लागि प्रतिशत निर्धारण गर्नेलगायतका काम भइरहेको छ । साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसितको समन्वयको कामसमेत भइरहेको जानकारी अध्यक्ष रेग्मीले दिनुभयो ।

शैक्षिक योग्यता पुरानै
आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले शिक्षकको नयाँ पदपूर्ति पुरानै शिक्षा ऐन, नियमावली र आयोगको नियमावलीमा आधारित भएर हुने भएकाले शैक्षिक योग्यता नयाँ कायम हुन नसकेको बताउनुभयो ।

उहाँले सोअनुसार प्रावि, निमावि र माविमा क्रमशः एसईई, प्रमाणपत्र तह र स्नातक तहको उपाधि भएको व्यक्तिले आवेदन दिन सक्नेछ । आधारभूत र माध्यमिक तह भनेर विज्ञापन हुने अवस्था नभएका कारण यस पटक पुरानै शैक्षिक योग्यताअनुसार हुने जानकारी दिनुभयो ।

Advertisement

माध्यमिक तहमा पदपूर्ति भएको शिक्षकले कक्षा ११ र १२ मा समेत अध्यापन गर्नुपर्ने भएकाले स्नातकोत्तर तहको शैक्षिक योग्यता कायम गर्नुपर्ने सुझाव सम्बद्ध क्षेत्रबाट दिइएको थियो ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top