कोप–२६ सम्मेलनमा सी र पुटिन सहभागी नहुने

९ कात्तिक ७८, बुधबार

१० कार्तिक, एजेन्सी ।

Advertisement

आगामी आईतबार बेलायतको ग्लासगो सहरमा आयोजना हुने जलवायुसम्बन्धी कोप २६ सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ सहभागी नहुने सम्भाबना बढेको छ ।

सम्मेलनमा राष्ट्रपति सीको सहभागीताबारे चीनले आधिकारिक रुपमा अहिलेसम्म जानाकारी दिएको छैन् । सम्मेलनमा चीनले वातावरण उपमन्त्री झाओ यिङमिन र जलवायु दूत सिइ झेनहुवलाई पठाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Advertisement

यसअघि क्रेमलिनले रसियाली राष्ट्रपति भ्लादमिर पुटिन राष्ट्रसंघको जलवायु सम्मेलनमा सहभागी नहुने जनाएको थियो ।

तर, चिनियाँ राष्ट्रपति भर्चुवल माध्यमबाट सम्मेलनमा सहभागी हुन सक्ने जनाइएको छ । गत महिना पनि राष्ट्रपति सीले राष्ट्रसंघको महासभालाई भर्चुल माध्यमबाट सम्बोधन गरेका थिए । उनले अप्रिलमा वातवरणसम्बन्धी एउटा सम्मेलनलाई पनि सम्बोधन गरेका थिए ।

Advertisement

यसअघि सम्मेलनमा नजाने संकेत गरेका अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन भने सहभागी हुने भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top