भेरोसेलको दोस्रो मात्रा लगाउने मिति अझै टुङ्गो लागेन

९ कात्तिक ७८, बुधबार

१० कार्तिक, काठमाडौं ।

Advertisement

एक महिना अघि चीनबाट नेपाल आएको ४४ लाख डोज भेरोसेल खोपको पहिलो मात्रा देशैभरका सबै जिल्लामा असोज ४ देखि १४ गतेसम्म दिइएको थियो । तर,अहिलेम्म कुनै पनि जिल्लामा भेरोसेलको दोस्रो डोज लगाउने मिति तोकिएको छैन ।

मन्त्रालयका स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा.सागर दाहालले भने खोपको वितरण गर्ने अधिकार जिल्ल्ला स्वास्थ्य कार्यालयलाई दिएकाले जिल्लाले आफ्नो प्राथमिकता र अनुकुलका हिसाबले १४ गतेसम्ममा दोस्रो मात्रा दिन सक्ने बताए ।

Advertisement

नेपालमा उपलब्ध उक्त खोपको म्याद तत्काल नसकिने भएका कारण केही दिन ढिला हुँदैमा आत्तिनु नपर्ने उनले बताए । सामान्यतया पहिलो डोज खोप लगाएको चार हप्तापछि दोस्रो डोज लगाउन मिल्ने भनिएपनि एक–दुई हप्ता ढिलो हुदैंमा खोपले शरीरमा पार्ने प्रभावमा कुनै फरक नहुने उनको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top