×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पनौतीमा बाह्रबर्षे ‘मकर मेला’को तयारी

१० कार्तिक २०७८

१० कार्तिक, काठमाडौं ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा १२ वर्षे मकर मेला लाग्न अब ८० दिन बाँकी छ। आउँदो माघ महिनाभर चल्ने सो मेला व्यवस्थापनका लागि नगरपालिकाले तयारी थालेको छ। नगरले सरकारी एवं गैरसरकारी सस्थालाई प्रस्तावसमेत आह्वान गरेको ।

Advertisement
Advertisement

नगरले ट्राफिक व्यवस्थापन तथा पार्किङ, स्वयंसेवक, प्रदर्शनी, खानेपानी वितरण, स्नान–कुण्ड सरसफाइ एवं व्यवस्थापन, मन्दिर तथा मेलास्थलको सरसफाइ, झाँकी प्रदर्शनी, त्रिवेणीघाटलगायत बजार क्षेत्र सजिसजाउ, प्राथमिक उपचार, खोज तथा उद्धार, सूचना केन्द्र सञ्चालनलगायतका व्यवस्थापनको कामका लागि प्रस्ताव आह्वान गरेको छ। विभिन्न समिति र उपसमितिमार्फत निर्माणका काम भइरहेका छन्।

नगरप्रमुख भीम न्यौपानेका अनुसार बाह्र वर्षमा महिनाभर लाग्ने ‘मकर मेला’को तयारीस्वरुप पूर्वाधार निर्माणको काम भइरहेको छ। सँगसँगै प्रवद्र्धनका कार्यक्रमसमेत थालिएको छ। नगरले गत वर्षदेखि नै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीतिर्थ–त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको थियो। हाल पनौतीले मेला प्रवद्र्धनार्थ स्थानीय विभिन्न सङ्घसंस्थासँग समन्वय गरी मेलाको प्रचार गरिरहेको छ। मकर सङ्क्रान्तिदेखि सुरु हुने सो मेलाका लागि छिमेकी मुलुक भारतबाट समेत तीर्थालु आउने गरेका छन्।

पनौती सङ्घीय राजधानी काठमाडौंबाट पूर्वतर्फ २५ किलोमिटर र बनेपाबाट ६ किलोमिटर दक्षिणमा पर्छ। मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो। त्रिवेणीघाटमा थप भौतिक संरचनासहित मेला व्यवस्थित बनाउन नगरले थुप्रै योजना सञ्चालन गरिरहेको छ। उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिमा अवथित गोरखनाथलाई अर्पण गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ।

मेलालाई थप व्यवस्थित बनाउन ढाँडाचौर–सूर्यविनायक–मानेदोभान तथा रानीकोट–सूर्यविनायक–जाकीडोल र पनौतीबाट बिपी राजमार्ग जोड्ने सडक पूर्णरूपमा सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नतिको काम भइरहेको न्यौपानेले बताए। निर्माणाधीन पनौती–बाँसडोल, पनौती–खोपासी, पनौती–कुशादेवी, पनौती–बनेपा र पनौती–आशापुरी सडकलाई स्तरोन्तति (पक्की) गरी मेलाअघि नै सञ्चालनमा ल्याइनेछ। स्तरोन्नति भइरहेको बनेपा–पनौती सडकमा मेला अवधिभर ट्राफिक जाम कम गर्न निर्माणाधीन पनौती–बनेपा (पुण्यमाता करिडोर)ले राहत दिलाउने आशा गरिएको छ।

मेला सम्पन्न गर्न विभिन्न उपभोक्ता समिति गठन भइसकेका छन्। ती समितिले आउँदो पुसको अन्त्यसम्म त्रिवेणीघाट मात्र नभई पनौतीलाई ‘दुलही’झैँ सिङ्गार्ने छन्। पनौतीभित्रका मठमन्दिर र पाटीलाई रङरोगन तथा झल्लर–तोरणले झिलीमिली बनाइनेछ। पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वारसमेत निर्माण गरिनेछ। पूर्वाधार निर्माणका लागि गत वर्ष नगरले रु तीन करोडभन्दा बढी बजेट छुट्याएको थियो।

श्रद्धालुलाई स्नानका लागि त्रिवेणीघाट वरिपरि बेलीब्रिज र मानेश्वरी बसपार्कबाट त्रिवेणीघाटसम्म पुण्यमाता खोलाको दायँबाँया पैदलमार्ग, विश्रामस्थललगायत भौतिक संरचना निर्माण द्रुतगतिमा अघि बढाइएको छ। नगरले ढुङ्गेधारा मर्मत, थप धाराको व्यवस्था, ऐतिहासिक पाटीका जस्तापाता निकालेर झिङगटीले छाउने, रथको मर्मत गर्ने तयारी गरेको छ। पनौतीबाट चन्ले सबै प्रकारका सवारीसाधनमा ‘भिजिट मकर मेला–२०७८, पनौती’ लेखिएको स्टिकर र फ्लेक्स टाँगिनेछ।

नगरको योजनाअनुसार त्रिवेणीघाटस्थित क्षेत्रमा रोशीखोलातर्फ सिँढी तथा रोशीखोलामा चारवटा ड्याम तथा सोही क्षेत्रमा शौचालय मर्मत–सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निमाण तथा आवश्यकीय क्षेत्रमा अस्थायी शौचालय बनाइनेछ। मेला अवधभिर मल्पी ड्यामबाट नियमितरुपले रोशीखोला र मल्पी–लिलावती बाँसडोल खोलामा स्वच्छ पानी बगाउने योजना छ। मेला सुरु हुनु अघि नै खानी तथा खानीजन्य उत्खनन र पैठारी बन्द गरिने बताइएको छ।

राजा प्रताप मल्लले १७२७ सालमा रानीपोखरी निर्माण गर्न लगाएपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ। तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशीखोलाबाहेक पद्यमावती नदी गुप्तरूपमा बगिरहेको विश्वास गरिन्छ। भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरूपले सरस्वती नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लीलावती र गुप्तरूपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीपद्यमावती मानिँदै आएको छ।

किंवदन्तीअनुसार सयौँ वर्षअघि पाटन र पनौतीमा ठूलो खडेरीपछि अनिकाल हुँदा दुवै ठाउँका तान्त्रिकहरु फुल्चोकी माईकहाँ पूजापाठ गरी पानी माग्ने गर्दथे। दुई क्षेत्रबीच पानी लैजाने होडबाजी चलेपछि फुल्चोकी माताले जसले पहिलो चाँदी र सुनको फूल चढाउँछ उसलाई वरदान दिने भने। त्यसपछि सुन र चाँदीवाला पाटनका तान्त्रिकले सोहीका फूल बनाउन दिए, यता पनौतीका तान्त्रिकले आफूसँग जान्ने कालीगढ नभएको बताउँदै तोरी र मुलाको फूल (सुन र चाँदीजस्तो देखिने) चढाएपछि सुन–चाँदीका निम्ति प्रख्यात पाटनलाई भन्दा मुला, तोरी र सागखेती गर्नेलाई पानीको अभाव छ भन्दै खुसी हुँदै फुल्चोकी माताले पनौतीतर्फ पानी पठाइदिएको किंवदन्ती छ।

Advertisement

सुन र चाँदीको फूल बनाएर फुल्चोकी मातालाई चढाएर आफूहरुलाई पनि वरदान मिल्नुपर्ने बताएपछि माताले उक्त पानी आधा गोदावरी पठाएकी बुढापाका बताउँछन्। यसपछि ६ वर्षको अन्तरालमा गोदावरी मेला र १२÷१२ वर्षमा मकर मेला लाग्ने गरेको जनविश्वास छ। जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप हुने पनौतीको उक्त त्रिवेणीसङ्गममा हरेक वर्षको माघमा साँखु र भक्तपुरमा माधवनारायण देवतालाई यहाँ ल्याई दुई दिनसम्म राखिने चलन छ।

भर्खरको समाचार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top