काठमाडौं, साउन १८
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका सर्वाेच्चका न्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । संसदीय सुनुवाइ समितिको दुई तिहाइले उनलाई अस्वीकार गरेको हो । मतदानबाट निर्णय लिइएपछि प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट समितिका सदस्यहरूले बैठक बहिष्कार गरेका छन् ।