जनगणना सफल पार्न आग्रह

१० कात्तिक ७८, बिहीबार

११ कार्तिक, काठमाडौं ।

Advertisement

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले राष्ट्रिय जनगणना–२०७८ सफल पार्ने कार्यमा सक्रिय भूमिका निर्वाह गर्न सबै गाउँपालिकालाई आग्रह गरेको छ ।

विज्ञप्ति जारी गर्दै महासङ्घले ४६० वटै गाउँपालिकालाई कात्तिक २५ देखि आगामी मङ्सिर ९ सम्म हुने मूल जनगणनाको महाअभियानमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो ।

Advertisement

महासङ्घका अध्यक्ष होमनाराण श्रेष्ठले जनगणना तथ्याङ्कका आधारमै स्थानीय तह पुनर्संरचना भएकाले जनगणनाको विशिष्ट महत्त्व रहेको बताउँदै आगामी दिनमा स्थानीय तहका लागि अद्यावधिक तथ्याङ्क जनगणनाबाट मात्र प्राप्त गर्न सकिने हुँदा सही तथ्याङ्क उपलब्ध गराउन सबै गाउँपालिकालाई आग्रह गरे । यस पटकको जनगणनाबाट सबै वडा तहसम्मको सम्पूर्ण तथ्याङ्क आउने भएकाले जनगणनाको महत्त्व रहेको उनले उल्लेख गरे ।

जनगणनाबाट स्थानीय तहको भौतिक संरचना, सहरीकरण, सामाजिक तथा आर्थिक पूर्वाधारको अवस्था, वातावरण तथा प्राकृतिक प्रकोप, लगायतको तथ्याङ्कसमेत प्राप्त गर्न सकिनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top