×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मंगालको वाल भत्किँदा बानेश्वरको सडकमा खाल्डो बन्याेः खानेपानी लिमिटेड

११ कार्तिक २०७८

११ कात्तिक, काठमाडाैँ ।

काठमाण्डौको बानेश्वरको मुल सडकमा परेको भ्वाङ मंगालको वाल भत्किएर बनेको खाल्डो भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ । सडक भासिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि अनुगमनका लागि त्यहाँ पुग्नुभएका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले मंगालको भित्ता भत्किएको र पानी धेरै आएकोले भित्री भाग बगाएको हुँदा खाल्डो भएको बताएका हुन् ।

Advertisement
Advertisement

प्रमुख कार्यकारी अधिकृत शाक्यले भत्किएको मंगालमा डन्डी नराखिएको, ढलान नगरिएको कारण पानी धेरै परेकोले बगाएको बताए । उनले सवारीसाधहरुको चाप धेरै हुने सडक भएकोले तत्काल समस्याको समाधानका लागि पहल भइरहेको बताउँदै आउँदो एक हप्तामै काम सकिने जानकारी दिए।

प्रमुख कार्यकारी अधिकृत शाक्यले भने, ‘सडक भासियो भन्ने समाचार सञ्चारमाध्यममा आएपछि मंगालको वाल भत्किएको कारणले गर्दा र वर्षातको समयमा पानी धेरै आएर सबै भित्रभित्रै बगाएर खाल्डो भएको भन्ने कुरा देखियो, त्यसपछि हामीले तत्काल मंगालको काम शुरु गरेका छौँ, पहिले बनाइरहेको मंगालमा डन्डी नराखिएको, ढलान पनि नगरिएको कारणले गत वर्षात्को पानीमा धेरै पानी आएर वाललाई बगाएको भन्ने कुरा देखिएको छ, डन्डी पनि केही राखेर वाल बलियोसँग बनाउने, भित्र आरसीसी नै गर्ने भन्ने काम गरिरहेका छौँ, अब फेरि छिटो यस्तो समस्या नआओस्, सबै फिनिसिंग गर्दा एक हप्तामा काम सकिन्छ, नियमानुसार काम गरेनन् आ–आफ्नो किसिमले काम गरे, यस्ते समस्या आयो । गुणस्तर तरिकाले काम गर्दा दुःख कष्ट आउने थिएन ।’

Advertisement

प्रमुख कार्यकारी अधिकृत शाक्यले यसअघि मंगाल राम्रोसँग नबनाएकोले यो समस्या आएको भन्दै काम गर्ने ठेकेदार कम्पनीहरुले राम्रोसँग काम गर्नुपर्ने बताए । उनले ढलानको काम गर्दा नियमानुसार नगरेको र आ आफ्नो तरिकाले काम गर्दा यस्तो समस्या झेल्नुपरेको बताए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top