माधव नेपालले न्यायालयभित्रको विवादको दोष ओलीमाथि थोपरे

११ कात्तिक, काठमाडाैँ ।

Advertisement

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धन दलमा कुनै छलफल नभएको स्पष्ट पारेका छन् । बिहीवार पार्टी कामको शिलशिलामा धनगढीमा पुगेका अध्यक्ष नेपालले समाजवदी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धनका दलहरुबिचमा कुनै छलफल नभएको बताएका हुन् ।

उनले आफु निरन्तर काठमाडौं बाहिर रहेको र नेताहरुपनि व्यस्त रहेका कारण पाँच दलको बैठक समेत बस्न नसकेको उल्लेख गरे। उनले भने – ‘हामीले त छलफल नै गरेका छैनौँ त्यसबारेमा हामीले । महाअभियोग बारेमा केही प्रवेश नै गरेको छैन । छलफल नै भएको छैन । केही भएको छैन । म त बाहिरको बाहिर नै छु । अहिले हाम्रो पाँच दलको बैठक नै बस्न सकेको छैन ।’

Advertisement

ओलीका कारण न्यायालयमा समस्या

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिकामाथि अनावश्यक लाञ्छना लगाउने काम गर्दै आएको आरोप लगाए । ओलीले रिस साँध्नका लागि सबै न्यायाधीसहरुलाई हटाउनुपर्छ भन्ने कुरा उठाएको उनले बताए । ओलीको हस्तक्षेपकारी भुमिकाका कारण न्यायालयमा अहिले समस्या देखिएको उनको भनाई छ ।

Advertisement

ओलीले नै सबैथोक बिगारेको उनले बताए । उनले भने – ‘केपी ओलीजीले साराथोक बिगार्नुभएको हो । र उहाँले न्यायपालिकामाथि अनावश्यक रुपमा लाञ्छना लगाउने काम गर्दै आउनुभयो । न्यायपालिकालाई स्वतन्त्र ढंगले भुमिका निर्वाह गर्न दिनुपर्ने कुरामा उहाँले रिस आफ्नो साध्नका लागि सबैलाई निकाल्नुपर्छ भन्ने उहाँले जुन ढंगले भुमिका खेलिरहनुभएको छ, उहाँको अत्यन्तै अनुचित, हस्तक्षेपकारी र देशको सबै सिस्टमलाई भत्काउने यो प्रवृतिकै उपज हो । त्यसहुनाले यो देशलाई अब स्वतन्त्र न्यायपालिकाको मामिलामा हस्तक्षेप गर्ने होइन, ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुमाथि उहाँले हटाउनुपर्छ भन्ने कुरा उठाउनुभएको छ यो अत्यन्तै नाजायज, अनुचित कुरा हो ।’

नेकपा एसले चुनाव अन्य पार्टीसँग गठबन्धन गर्ने
अध्यक्ष नेपालले एकीकृत समाजवादीले चुनावमा अरु पार्टी सँग गठबन्धन गर्ने पनि बताए । वर्तमान गठबन्धन पनि चुनावसम्मै जाने उनले बताउनुभयो । अन्य पार्टीसँग गर्ने चुनावी तालमेलको सम्बन्धमा छलफल, परामर्श शुरु गर्ने पनि उहाँले उल्लेख गरे । उनले भने – ‘हामी यस पटकको चुनावमा अरु पार्टी सँग पनि गठबन्धन गर्नेछौँ । चुनावी गठबन्धन हुनेछ । हाम्रो पार्टी अरु कुनै पार्टीसँग पार्टी एकता गर्ने छैनौँ । र हामी चुनावको बेलामात्र अरु पार्टीसँग सहकार्य गर्नेछौँ । चुनावी गठबन्धन गर्नेछौँ । जुन हाम्रो संयुक्त सरकार बनिरहेको छ, यो सरकारले चुनावको समयसम्म पनि सहकार्य गर्दै जाने धारणा बनाएको छ । हामी अरु पार्टी सँग पनि तालमेल मिलाउनका लागि को को सँग कति मात्रामा सम्भव हुन सक्दछ, छलफल परामर्श शुरु गर्नेछौँ ।’

सूर्य चिन्हमा ग्रहण लाग्यो
अध्यक्ष नेपालले निर्वाचन आयोगबाट कलम चुनाव चिन्ह पाइसकेको उल्लेख गर्दै हिजोको सूर्य चिन्हमा ग्रहण लागेको टिप्पणी गरे । उनले न्याय र सत्यको आवाज बुलन्द गर्नका लागि कलम चिन्ह नै जनताले रोज्नुपर्ने अवस्था बनिसकेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top