विराटनगरमा ५ अर्बको लगानीमा २५ तल्लाको व्यापारिक कम्प्लेक्स बन्दै

११ कात्तिक ७८, शुक्रबार

११ कात्तिक, विराटनगर ।
विराटनगर महानगरपालिका र प्रदेश १ लगानी प्राधिकरणको सहकार्यमा विराटनगरमा २५ तल्लाको व्यापारिक कमप्लेक्स बन्ने भएको छ । बुधबार विराटनगर महानगरमा आयोजित कार्यक्रममा महानगर र प्रदेश लगानी प्राधिकरणबीच सो व्यापारिक कमप्लेक्स बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रदेश १ का प्रदेशसभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्की ,विराटनगर महानगरका मेयर भीम पराजुली,उपमेयर इन्दिरा कार्की,वडा नं. ९ का वडाध्यक्ष बिश्वनाथ भगत लगायतको उपस्थितीमा प्रदेश लगानी प्राधिकरणका निर्देशक डा. सरोज कोइराला र महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले समझदारी पत्रमा हस्ताक्षर गरे ।

विराटनगर–९ मा रहेको गुद्रिबजार क्षेत्रमा रहेको १४ कट्ठा जग्गामा उक्त व्यापारिक कमप्लेक्स बन्न लागेको हो । परियोजनाको काम आगामी तीन महिनाभित्रै शुरुवात हुने बताइएको छ ।

५ अर्ब भन्दा बढीको लगानीमा बन्ने उक्त कम्प्लेक्समा स्वदेशी लगानीकर्ताहरुकै लगानी रहने जनाइएको छ । व्यापारिक कमप्लेक्स भवन ३ वर्षभित्र बनिसक्ने पनि जनाइएको छ ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top