भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस, अब यी देशमा बाँकी

११ कात्तिक ७८, शुक्रबार

काठमाडौं: सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ । अघिल्लो सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाएको तीन महिनापछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।

Advertisement

भारतका लागि सिफारिस शर्मा विगतमा अमेरिकाका लागि राजदूत थिए । उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत भइसकेका अर्थशास्त्री हुन् । बेलायतका लागि सिफारिस भएका आचार्य पूर्वपरराष्ट्रसचिव हुन् । उनी संयुक्त राष्ट्रसंघका लागि पूर्वस्थायी प्रतिनिधि समेत हुन् । आचार्य अति कम विकसित मुलुक हेर्ने गरी संयुक्त राष्ट्रसंघका उपमहासचिव समेत भएका थिए ।

त्यस्तै, अमेरिकाका लागि सिफारिस खत्रीसँग अन्तर्राष्ट्रिय सम्बन्ध प्राध्यापन तथा शोधको लामो अनुभव छ । उनी ०७३ मा कांग्रेस–माओवादी गठबन्धन सरकारद्वारा गठित विदेश नीति पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदलको संयोजक थिए । २३ मुलुकमा राजदूत रिक्त रहेकोमा अझै २० देशमा सिफारिस गरिएका छैनन् ।

Advertisement

यी देशमा राजदूत सिफारिस हुन बाँकी

चीन, जापान, मलेसिया, बंगलादेश, ओमान, स्पेन, कतार, इजरायल, दक्षिण अफ्रिका, अस्ट्रिया, अस्ट्रेलिया, रुस, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क, साउदी अरब, ब्राजिल, बहराइन, म्यानमार ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top