बालबालिकालाई तिहारपछि फाइजर खोप

११ कात्तिक ७८, शुक्रबार

काठमाडौँ : बाह्र वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो खोप ‘फाइजर’ लगाइने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सहयोगमा उपलब्ध भएको फाइजर–बायोएनटेकको पहिलो डोज तिहारपछि लगाइने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बालबालिकालाई खोप लगाउन काठमाडौँ उपत्यकाका नौ र उपत्यकाबाहिरका १५ गरी २४ वटा अस्पतालमा तयारी थालिएको छ । त्यस्तै कात्तिकको अन्त्यतिर दीर्घरोग भएकालाई समेत खोप दिने जनाइएको छ ।

सहप्रवक्ता डा. अधिकारीका अनुसार फाइजर–बायोएनटेकको एक लाख ६२० डोज नेपाल भित्रिसकेको छ । प्राप्त खोपले १२ वर्षमाथिको उमेर समूहका सबैलाई पुग्दैन । त्यसैले हालका लागि २४ वटा अस्पतालबाट मात्र खोप दिइने जनाइएको छ ।

उहाँले खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियानलाई विस्तार गरिने समेत बताउनुभयो । सरकारले सकेसम्म ४० लाख मात्रा मोडर्ना खोप एकै पटक ल्याउने गरी तयारी थालेको समेत सहप्रवक्ता डा. अधिकारीले जानकारी दिनुभयो । मोडर्ना खोप तिहारपछि ल्याउने गरी प्रक्रिया अघि बढेको समेत जनाइएको छ ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top