×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

१२ कार्तिक २०७८

१२ कार्तिक, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन्। स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी ‘वर्ल्ड लिडर समिटमा’ सहभागी हुन देउवा नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गरेको हो।

Advertisement
Advertisement

प्रधानमन्त्री देउवा बिहीबार विहान १० बजेर ४० मिनेटमा कतार एयरको उडानबाट बेलायत प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री भइसकेपछि देउवाको यो पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र सचिव भरतराज पौड्याल, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी सहभागी छन्।

वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। ​

सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत बेलायत गएका छन्। त्यस्तै सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकारपनि प्रधानमन्त्रीसँगै बेलायत प्रस्थान गरेका छन्।

अक्टोबर ३१ (आगामी आइतबार, कात्तिक १४) देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तन सम्बन्धी समिट हुने छ। युएन एफसीसीसीका सदस्य रहेका देशहरुको उक्त सम्मेलनमा सहभागिता रहनेछ। यसअघि २०१९ मा जलवायु परिवर्तन सम्बन्धी समिट भएको थियो।

यसपटक बेलायत र इटाली आयोजक बनेर सम्मेलन आयोजना गरेका छन्। उक्त सम्मेलनलाई ‘कोप २६ समिट’ नाम दिइएको छ। उक्त सम्मेलनमा शक्तिशाली राष्ट्रका नेताहरु पनि सहभागी हुनेछन्।

सम्मेलनमा भाग लिएपछि प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्वदेश फर्कने छन्।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top