मलाई डेढ लाखको खाटमा सुत्यो भने, ओलीले बालुवाटारलाई दरबार बनाउन लागेका रहेछन् : प्रचण्ड

११ कात्तिक ७८, शुक्रबार

१२ कात्तिक, चितवन ।

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारस्थित निवास दरबारजस्तो बनाइएको र विदेशबाट महँगा-महँगा सामान ल्याएर प्रयोग गरेको बताएका छन् ।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा डेढ लाखको खाट प्रयोग गर्यो भनेर हल्ला चलाइएको तर ओलीले थाइल्याण्ड, इटलीलगायत देशबाट अरबौं करोडौंको सामान ल्याएर प्रयोग गरेको उनको भनाइ छ ।

शुक्रबार भरतपुर महानगर कमिटीको कार्यक्रममा बोल्दै उनले भने, ‘म प्रधानमन्त्री बनेका बेला डेढलाखको खाटमा सुत्यो भनेर प्रचार गरियो, त्यो खाट मैले किनेको थिइन, त्यो खाट भाँच्न पनि भएन । ओलीले राजा ठानेर राजकीय जीवन विताउन दरबार बनाउन लागेका रहेछन ।’

विदेशबाट महँगा सामान ल्याएर प्रयोग गरिएकोबारे गठबन्धनमा छलफल भएको भन्दै प्रचण्डले त्यो सार्वजनिक हुँदै जाने पनि बताए । यसअघि प्रचण्डले भने, ‘थाइल्याण्ड, इटाली, रोमबाट यति महँगा महँगा सामान ल्याएर त्यहाँ थुपारेको रहेछ हेर्नुस् । त्यो देख्दा अरु त अरु शेरबहादुर देउवाले जिब्रो टोक्नु भाछ रे । नुहाउनका लागि ल्याएको अरबौं, करोडौंको छ ।’

राजा ठानेर दरबार बनाउन खोज्ने र विलासिताका सामान ल्याउने ती प्रधानमन्त्रीलाई चिनेर जनताले सजाय दिनुपर्ने प्रचण्डको माग छ । ओलीको हातबाट केन्द्र सरकार गुमिसकेपछि अब छिट्टै सबै प्रदेश सरकारहरू पनि गुमाइदिने उनको भनाइ छ ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top