टि२० विश्वकप: पाकिस्तानको लगातार तेस्रो जित

१३ कात्तिक, एजेन्सी ।

पाकिस्तानले आइसिसी टि२० विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ । सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले शुक्रबार  अफगानिस्तानलाई ५ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो । जितसँगै पाकिस्तानको शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने लगभग पक्का भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जितमा ओपनर तथा कप्तान बाबर आजमले ४७ बलमा ४ चौका सहित सर्वाधिक ५१ रनको योगदान दिए । आसिफ अली ७ बलमा ४ छक्का सहित २५ रनमा अविजित रहे । अन्तिम १२ बलमा पाकिस्तानलाई जितको लागि २४ रन चाहिँएको थियो । १९ औं ओभरमा आसिफले तीव्र गतिका बलर करिम जन्नतलाई चार छक्का प्रहार गर्दै पाकिस्तानले जित पक्का गराए ।

शोएब मलिकले १५ बलमा १ चौका र १ छक्का सहित १९ रनमा क्याच आउट भए । ओपनर मोहम्मद रिजवान स्पिनर मुजिब उर रहमानको तेस्रो ओभरको तेस्रो बलमा डीप स्क्वायर लेगमा नविन उल हकबाट क्याच आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि बाबर र फखार जमानले ५२ बलमा ६३ रनको साझेदारी गरेका थिए ।

जमानलाई स्पिनर मोहम्मद नाबीले ३० रनमा एलबीडब्लू आउट गरे । जमानले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे ।राशिद खानको बलमा मोहम्मद हफिज १० रनमा क्याच आउट भए । अफगानिस्तानका राशिद खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । मुजिब उर रहमान र मोहम्मद नाबी र नविन उल हकले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनायो । अफगानिस्तानका कप्तान मोहम्मद नाबी ३२ बलमा ५ चौका सहित ३५ रनमा अविजित रहे । गुलबदीन नईब २५ बलमा ४ चौका र १ छक्का प्रहा सहित ३५ रनमा अविजित रहे । एक समय १२.५ ओभरमा ७६(६ को कमजोर अवस्थामा पुगेको अफगानिस्तानलाई सातौं विकेटका लागि गुलबदीन नईब र कप्तान मोहम्मद नाबीले ४५ बलमा ७१ रनको अविजित उत्कृष्ट साझेदारी गरेपछि मध्यम योगफलमा पुर्याएका थिए ।

स्पिनर ईमाद वासिमले दोस्रो ओभरको तेस्रो बलमा ओपनर हज्रातल्लाह जजाईलाई हरिस रौफबाट शून्यमा क्याच गराउँदै पाकिस्तानलाई पहिलो सफलता दिलाएका थिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले तेस्रो ओभरको चौथो बलमा मोहम्मद शाहजादलाई ८ रनमा बाबर आजमबाट क्याच गराएका थिए । अस्गर अफगान पाँचौं ओभरको तेस्रो बलमा १० रनमा कट एण्ड बोल्ड आउट भएका थिए ।

छैटौं ओभरको पहिलो बलमा हसन अलीले रहमानउल्लाह गुर्बाजलाई १० रनमा बाबरबाट क्याच गराएपछि अफगानिस्तान ३९–४ को अवस्थामा पुगेको थियो । करिज जन्नत १५ र नाजिबुल्लाह जद्रान २२ रनमा आउट भएका थिए । जद्रानले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

पाकिस्तानका स्पिनर ईमाद वासिमले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदी, हसन अली, शादब खान, हरिस रौफले १-१ विकेट लिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top