×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एमाले बैठकमा ओली र रावलबीच चर्काचर्की

१३ कार्तिक २०७८

काठमाडौं: एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ । दश बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा दुई नेताबीच सवालजवाफ चलेको हो ।

बैठकमा उपाध्यक्ष रावलले दशबुँदे सहमति कार्यान्वयन नभएका कारण आफूले कार्यदलको संयोजकबाट राजीनामा दिएको बताएपछि ओलीले ‘जिम्मेवारी पूरा गर्न नसकेर’ छाडेको टिप्पणी गरेका थिए । संयोजकले राजीनामा दिइसकेपछि दशबुँदे र कार्यदलको पनि काम नभएको ओलीको भनाइ थियो ।

Advertisement
Advertisement

‘तपाईं (रावल) ले दशबुँदे कार्यान्वयन गराउनै सक्नुभएन त मैले के गरौँ, कमिटीमै छलफल गरेर के निष्कर्ष आउँछ, दशबुँदे कार्यान्वयनका लागि त्यही लागू गर्ने दायित्व तपाईंको थिएन, अब तपाईंले सक्दिनँ भनेर राजीनामा नै दिइसकेपछि त्यो कार्यदलको के काम ?’ ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

उपाध्यक्ष रावलले ओलीको भनाइको प्रतिकार गरेका थिए । आफूले काम गर्ने नसकेर भन्दा पनि अध्यक्षले सहमति कार्यान्वयन गर्न नमानेपछि राजीनामा दिएको जवाफ फर्काएका थिए । त्यसपछि अध्यक्ष ओलीले राजीनामा पहिले सञ्चारमाध्यममा वितरण गरेर मात्र आफूलाई जानकारी दिएको भन्दै त्यस्तो पार्टी पद्धतिविपरीतको शैली पाच्य नभएको चेतावनी रावललाई दिए । दुई नेताबीच चर्काचर्की बढ्दै गएपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ‘कुरा अन्त्य गरौँ, स्थायी समितिको विषय त्यतै छलफल गर्ने’ भनेपछि साम्य भएको थियो ।

Advertisement

उपमहासचिव भुसालप्रति पनि आपत्ति
अध्यक्ष ओलीले उपमहासचिव घनश्याम भुसालले बैठकमा ‘पत्रको क्षेप्यास्त्र’ पठाएको भन्दै आपत्ति जनाएका छन् । बैठकमा राख्ने विषय पहिल्यै मिडियाबाजी गरेर उनले पार्टी पद्धति उल्लंघन गरेको ओलीको भनाइ थियो । भुसालले दशबुँदे सहमति कार्यान्वयनका विषयमा तीनबुँदे सुझावको पत्र बैठकमा पठाएका थिए । कोरोना संक्रमणका कारण उनी बैठकमा उपस्थित थिएनन् । तर, त्यही सुझाव दुई दिनअगावै सार्वजनिक भइसकेकाले बैठकमा छलफल गर्नुको औचित्य नभएको ओलीको भनाइ थियो ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top