अफगानिस्तानमा अलपत्र नेपालीको उद्धार सकियो

१२ कात्तिक ७८, शनिबार

१३ कात्तिक, काठमाडाैँ ।

Advertisement

सरकारले अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकलाई पनि उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ । शनिबार (आज) बिहान अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकहरुलाई पनि उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी गराएका हुन्।

योसँगै अफगानिस्तानमा अव उद्धारका लागि कुनै पनि नेपाली नागरिकहरु नरहेको परराष्ट्र मन्त्रालयको दावी छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्धारको पर्खाईमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरु अब नरहेको बताए ।

Advertisement

उनले भने, ‘आज ३२ जना नेपाली आउनु भएको छ । यस पछि अव चाँही उद्धारको पर्खाईमा रहेका नेपालीहरुको संख्या समाप्त भएको छ । त्यहाँ कोही नेपाली रहेको भए त्यो यूएन सिस्टमा रहनु भएको छ । आज नेपाल एयरलाईन्स दुवई दुवई फ्लाईटबाट २९ जना नेपालीहरु आएको र यस अघि आजै बिहान अन्य ३ जना गरी ३२ जना नेपालीहरुको उद्धार गरी स्वदेश फिर्ता गरिएको हो ।’

Advertisement

परराष्ट्र मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाईमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यस अघि नै उद्धार गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top