राजनीतिले भन्दा सङ्गीतले मानिसलाई जागरण ल्याउँछ : एमाले अध्यक्ष ओली

१३ कात्तिक ७८, आइतबार

१३ कात्तिक, काठमाडौँ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलेभन्दा सङ्गीतले मानिसलाई जागरण बढाउन सजिलो हुने बताएका छन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आज यहाँ आयोजना गरेको शार्दुल अङ्क–४ र गीति एल्वम ‘समृद्ध नेपाल र सुखी नेपाली’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक कुराले भन्दा सङ्गीतले समाज र मानिसलाई बदल्न सजिलो हुने बताए ।

“सङ्गीतमा समाज र मानिसलाई बदल्ने शक्ति रहेको छ”,उनले भने, “गीतबाट सामाजिक जागरण र अग्रगमनका लागि ठूलो काम गर्न सक्दछौँ।” जीवन र मानिसका लागि समस्यालाई छुने गीत गाउनुपर्ने उनको भनाइ थियो। “ऐना र तस्वीर मात्र होइन अगाडिको बाटो देखाउने खालको गीत गाउनुपर्दछ”, उनले भने, “जागरणका गीतले समाजलाई जुरुक्क उठाउँछ ।”

एमाले अध्यक्ष ओलीले देशभक्ति गीत एमालेको मात्र नभएर सबै नेपालीको रहेको बताए। उनले विकासका गीत गाउँदा समाजिक जागरण गराउने खालका हुनुपर्नेमा जोड दिए। उनले समृद्ध नेपाल र सुखी नेपालीको भाव झल्किने खालका जागरणका गीत हुनुपर्ने बताए। ओलीले जनताले देखाएको बाटोमा हिँड्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे ।

“अरुलाई चेतना दिने, बाटो देखाउने र उत्साही बनाउने खालको सिर्जना हुनुपर्दछ”, उनले भने, “मानवीय आवश्यकतातर्फ फर्किएको कला, साहित्य सिर्जना गर्नुपर्दछ।” उनले पूर्वजले छन्द, कलाकारिताका रङ, सङ्गीतको सुर, ताल पत्ता लगाएकाले आजको समयमा साहित्यलाई आवश्यकतानुसार सदुपयोग गर्न सकेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले गीतमा नेपालको राष्ट्रिय एकता, स्वाभिमान, अखण्डताको भाव झल्किएको बताए। उनले गीतमा कुन्ती मोक्तान, इन्द्र गुरुङ, कला राई, मिलन अमात्यलगायत १२ कलाकारले गीत गाएको जानकारी दिए ।

गीतकार श्याम टमोटले २०० गीतबाट १० वटा गीति एल्बममा समावेश गरिएको जानकारी दिए। कार्यक्रममा गीतका स्वर दिएका कालाकारलाई नगदसहित सम्मान गरिएको थियो । रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top