राम जन्मभूमि अयोध्या नेपालमै पर्छ : केपी ओली

१३ कात्तिक, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्या नेपालमा पर्ने बताएका छन् । शनिबार ललितपुरमा पुस्तक विमोचन समारोहमा उपस्थित भएर मन्तव्य राख्ने क्रममा अध्यक्ष ओलीले रामको जन्मभूमि अयोध्या भारत नभई नेपालमै पर्ने दाबी गरकेा हुन् ।

प्रधानमन्त्री रहँदा राम जन्मभूमिबारे अभिव्यक्ति दिँदा विवादमा तानिएका ओलीले विगत सम्झेर त्यतिबेला यस विषयमा ठूलै बबन्डर मच्चिएको पनि स्मरण गरे । उनले भने, ‘राम जन्मभूमि अहिले नेपालमा पर्छ, फैजावादलाई अयोध्या भनेको झुटो हो । त्यो सही कुरा होइन भन्दाखेरि कत्रो उत्पात ?’

ऋषिमुनी, रामलगायतको जन्म नेपालमा भएको भन्दा छिमेकी राष्ट्र भारतले पीर गर्ने गरेको पनि ओलीले बताए । प्रधानमन्त्री पदमा बहाल रहँदा २०७७ असारमा ओलीले रामको जन्म नेपालको चितवनस्थित ठोरीको अयोध्यामा भएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिप्रति नेपाल र भारतबाट टीकाटिप्पणी र आलोचना भएपछि पराराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनामा ठेस पुर्‍याउने आशयमा व्यक्त नभएको बताएकाे थियाे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top