बैतडीमा जनगणनामा ४९ हजार परिवार सूचीकृत

१३ कात्तिक ७८, आइतबार

१४ कार्तिक, बैतडी ।

बैतडीमा राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणअन्तर्गतको गणनामा ४९ हजार ७६१ परिवार सूचीकृत गरिएको छ । विसं २०६८ को जनगणनामा जिल्लामा ४५ हजार १६७ परिवार सङ्ख्या थियो ।

पहिलो चरणमा ५८ हजार ५५२ घर सूचीकृत गरिएको छ । घरको गणना पहिलोपटक गरिएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

विसं २०६८ मा जिल्लाको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ थियो । “मूल गणनापश्चात् मात्रै कति जनसङ्ख्या थपियो भन्ने यकिन हुन्छ,” । गत भदौ ३० देखि असोज १८ गतेसम्म राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । सूचीकरणका लागि ८० सुपरीवेक्षक परिचालन गरिएका थिए ।

राष्ट्रिय जनगणना, २०७८ को मूल गणनाका लागि जिल्लामा ३१५ गणक छनोट भएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरिने मूल गणनाका लागि गणक छनोट गरिएका हुन् ।

दशरथचन्द नगरपालिकामा ६५, पाटनमा ३६, मेलौलीमा २७ र पुर्चौंडी नगरपालिकामा ४० गणक खटाउने योजना छ । यस्तै सुर्नया गाउँपालिकामा २५, दोगडाकेदारमा २८, डिलाशैनीमा २८, सिगासमा २६ तथा शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा २१÷२१ गणक खटाइने जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

“गणकसँगै पहिलो चरणको जनगणनामा काम गरेका ८० सुपरीवेक्षकलाई पनि मूल गणनामा खटाइनेछ,” पन्तले भने । छनोट भएका गणकलाई आजदेखि कात्तिक १६ गतेसम्म तालिम प्रदान गरिनेछ । उनीहरूलाई जनगणनाका बेलामा सोधिने प्रश्नका विषयमा तालिम दिइने बताइएको छ ।

दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाका गणकको तालिम दशरथचन्द नगरपालिकामा तथा डिलासैनी र दोगडाकेदार गाउँपालिकाका गणकको तालिम दोगडाकेदारमा सञ्चालन हुनेछ ।

यस्तै सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिका र पाटन नगरपालिकाका गणकको तालिम पाटनमा तथा मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका गणकको तालिम मेलौलीमा सञ्चालन हुने कार्यालयले जनाएको छ ।

राष्ट्रिय जनगणना कार्यक्रमअन्तर्गत यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मूल गणना गरिने बताइएको छ । यस वर्षको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता ः राष्ट्रिय जनगणना, २०७८’ छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top