×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै

१४ कार्तिक २०७८

१४ कार्तिक, बैतडी ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संत्र,मणको जोखिम बढ्दै गएको छ। पछिल्लो केही सातायताको यहाँको कोरोना संक्रमणको अवस्था हेर्दा जोखिम बढ्दै गएको देखिएको छ।

Advertisement
Advertisement

गत असोज ३१ गतेदेखिको लगातार तीन दिनको वर्षा र दसैँतिहारका बेला घरबाहिर रहेका गाउँ फर्किएपछि यहाँ संक्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए।

उनले भने, ‘गाउँघरमा भिडभाड बढेको छ, परीक्षण हुनपाएको छैन, यसले जोखिम बढाएको छ।’ यसका साथै कात्तिक पहिलो साताको अविरल वर्षापछि विस्थापितहरु एकै ठाउँमा बसेकाले पनि जोखिम बढेको डा अवस्थीको भनाइ छ।

बेमौसमी वर्षाले गर्दा गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका छन्। उनीहरुको परीक्षण गरिएको छैन। परीक्षण ग¥यो भने संक्रमणको अवस्था अझै बढ्ने आकलन गरिएको छ।

पछिल्लो समय कोरोना सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण नगर्ने गरेकाले पनि झनै जोखिम बढेको डा अवस्थीले बताए। ‘लक्षण देखिएको तथा बिरामी भएको धेरै समयपछि उपचारका लागि आउने गर्दा सङ्क्रमण बढ्दै गएको छ,’ उनले भने, ‘समयमै उपचारका लागि नआउँदा अकालमै ज्यान समेत गुमाउने गरेका छन् ।’

पछिल्लो केही सातायता दिनहुँजसो सङ्क्रमणका कारण मृत्यु हुने गरेको छ। समयमै उपचारका लागि नआउदा मृत्यु हुने दर बढेको जनाइएको छ। उनले कोरोना संक्रमणसँग मिल्दा जुल्दा लक्षण देखिनासाथ हेलचेक्र्याइँ नगरी समयमै उपचार गर्न आग्रह गरे।

हालसम्म ६०४ को मृत्यु, चार लाखको परीक्षण

सुदूरपश्चिम प्रदेशमा हालसम्म करिब चार लाख व्यक्तिको कोरोना परीक्षण गरिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार तीन लाख ८४ हजार चार जनाको परीक्षण गरिएको छ। त्यसमध्ये ४७ हजार ७३१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।

हाल यस प्रदेशमा १९८ सक्रिय सङ्क्रमित रहेका छन्। सोमध्ये ३७ जना संक्रमित संस्थागत आइसोलेशनमा बसिरहेका निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। अन्य सबै होम आइसोलेशनमा बसिरहेका छन्। कोरोनाकै कारण यस प्रदेशमा ६०४ जनाको मृत्यु भइसेकेको छ।

प्रदेशभर संक्रमितका लागि भन्दै एक हजार ७७२ आइसोलेशन बेड तयारी अवस्थामा रहेका छन्। यसका साथै प्रदेशका विभिन्न अस्पतालमा ९७७ बेड, भेन्टिलेटर ३५, आइसोलेशन बेड ४२१, एचडियू १३९, आइसियु ६९, कोभडि एचडियु बेड १२६, कोभिड सघन उपचार कक्ष ५४ र कोभिड भेन्टिलेटर २१ रहेका छन्।

यस प्रदेशको भारतसँग सीमा जोडिएका पाँच नाकामा पनि परीक्षणको काम भइरहेको छ। बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट र जौलजिवी, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा परीक्षणको काम भइरहेको छ। भारतबाट भित्रिनेको अनिवार्य रुपमा यी नाकामा परीक्षण भइरहेको छ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top