बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो : प्रधानमन्त्री देउवा

१३ कात्तिक ७८, आइतबार

१४ कात्तिक , लण्डन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम रहँदै आएको धारणा व्यक्त गरेका छन्।

नेपालका लागि सर्वदलीय संसदीय समूह (एपिपिजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले शनिबार साँझ आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उनले ब्रिटिश गोर्खाहरूको लामो समयदेखिकोे योगदानले सम्बन्धको अर्को महत्वपूर्ण कडीको रूपमा काम गरेको उल्लेख गरे।

यी सम्बन्धलाई थप सुमधुर बनाउन दुवै देशका संसदहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले सर्वदलीय समूहले निर्वाह गरेकोे भूमिकाप्रति आभार व्यक्त गरे।

प्रधानमन्त्री देउवाले दुई देशका संसद्बीचको विद्यमान सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदीय प्रतिनिधिमण्डलको भ्रमणलाई निरन्तर र नियमित गर्न आग्रहसमेत गरे। उनले भने, ‘संसदीय लोकतन्त्रमा साझा विश्वास नेपाल र बेलायतबीचको घनिष्ठ सम्बन्धको आधारभूत पक्ष हो, नेपालप्रति समर्पित संसदीय निकायका रूपमा, समूहले यी सम्बन्धलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। बेलायती संसद्लाई बेलायती लोकतन्त्रको संस्थाको रूपमा मात्र नभइ बहुदलीय प्रजातन्त्र र मौलिक स्वतन्त्रताको प्रतीकको रूपमा पनि प्रशंसा गरिन्छ ।’

नेपालको प्रजातन्त्रले आफ्नो लोकतान्त्रिक संस्थाको जग बलियो बनाउन इमान्दार प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्र र स्वतन्त्रताका लागि लामो सङ्घर्ष गर्नुपरेको बताए। प्रजातन्त्र र स्वतन्त्रताका लागि आफूले दशकौंदेखि कडा सङ्घर्ष गरेकाले प्रजातन्त्र र स्वतन्त्रता आफूलाई प्यारो भएको उनको भनाइ थियो।

‘संसदीय लोकतन्त्र, आवधिक निर्वाचन, समावेशी प्रतिनिधित्व, विधिको शासन, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन तथा राजनीतिक शक्तिको शान्तिपूर्ण हस्तान्तरणका प्रमुख विशेषतालाई सुदृढ गर्ने संविधान हो,’ प्रधानमन्त्री देउवाले उल्लेख गरे।

नेपालको संविधानले सङ्घीय संसद् र प्रदेशसभामा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको प्रत्याभूति गरेको जानकारी गराउँदै उनले अहिले सबै निर्वाचित निकायमा ४१ प्रतिशत महिला प्रतिनिधित्व रहेको बताए।

लोकतन्त्रले जनताको सामाजिक र आर्थिक विकासको आकांक्षा पूरा गर्नुपर्छ भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताउँदै प्रधानमन्त्री देउवाले नेपालजस्तो मुलुकका लागि आर्थिक विकास गर्न स्रोतसाधनको कमी ठूलो चुनौती भएको र त्यसमाथि कोभिड–१९को महामारीले विकास गर्ने आफूहरुको क्षमतालाई थप बाधा पु¥याएको धारणा व्यक्त गरे।

बेलायतको संसद्मा विभिन्न अवसरमा नेपालप्रति व्यक्त गरिएको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउँदै उनले कोभिड सङ्कटको समयमा बेलायती सांसदहरुले नेपालको सहयोगका लागि गरेका कार्यहरू र ऐक्यबद्धताका लागि धन्यवाद दिए।

समारोहमा समूहका अध्यक्ष वीरेन्द्र शर्मा, उपाध्यक्ष तथा मञ्चका अध्यक्ष लर्ड शेख, लर्ड ल्यान्कास्टर, सांसद क्याथरिनलगायतले सम्बोधन गर्दै द्विपक्षीय सम्बन्धबारे चर्चा गरेका थिए । प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति यहाँ आइपुगेका छन् ।

आइतबार बिहान भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिले प्रधानमन्त्री देउवासँग भेट्ने र लण्डनस्थित नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ। आइतबार साँझ उनी स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो प्रस्थान गरेका छन्। कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गोमा आयोजना हुँदैछ। रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top